लण्डन । बेलायतका छन्त्यालहरुले बेलायत छन्त्याल संघको ११ औँ स्थापना दिवस तथा चौथो महाधिवेशन नयाँ कार्य समिति चयन गर्दै मनाएका छन् । आइतबार आसफोर्ड केन्टमा सम्पन्न अधिवेसनले झक छन्त्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उनी यसअघि पनि अध्यक्ष थिए ।
समितिमा उपाध्यक्षहरुमा सतिमा छन्त्याल र बीर छन्त्याल, महासचिबमा मुकेन छन्त्याल, सचिबमा जित छन्त्याल, कोषाध्यक्षमा याम छन्त्याल, सह कोषाध्यक्षमा दल छन्त्याल, संस्कृति सचिबमा नरसिङ छन्त्याल, सह संस्कृति सचिबमा चन्द्र कुमारी छन्त्याल, प्रशासकीय सचिबमा तम छन्त्याल, सह प्रशासकीय सचिबमा बाबुराम छन्त्याल, मिडिया सचिबमा दानस छन्त्याल, सह मिडिया सचिबमा हरि छन्त्याल, यातायात सचिबमा बिष्णु छन्त्याल, खेलकुद सचिबमा दीर्घ छन्त्याल, सदस्यहरुमा यमुना छन्त्याल, दुर्गा छन्त्याल, रिद्ध छन्त्याल र बिष्णुमाया छन्त्याल चयन भएका छन् ।
संघका अध्यक्ष झक छन्त्याल र निबर्तमान अध्यक्ष तुल छन्त्यालले संयुक्त रुपमा क्याण्डल प्रज्वलन गरेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।
पहिलो उद्घाटन सत्र झक छन्त्यालको सभापतित्व, उपाध्यक्ष हेम छन्त्यालको स्वागत र संघका महासचिव मुकेन छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो भने बन्द सत्र कार्यक्रम याम छन्त्यालको अध्यक्षतामा मिम छन्त्याल र मन छन्त्याल सम्मिलित तीन सदस्यीय निर्बाचन समितिले सम्पन्न गरेको थियो ।
संघले स्थापनाकालदेखि निरन्तर रुपमा बेलायतबासी छन्त्यालहरुबीच भावनात्मक सम्बन्ध बनाई राख्न र संघको गतिविधिमा थप उचाइ दिन हरेक वर्ष गर्मी याममा विविध खाले मनोरन्जनात्मक तथा मौलिक संस्कृति झल्कने कार्यक्रम आयोजना गर्दै आएको छ ।
कार्यक्रममा सहभागीहरुलाई संघले बेलायतका बिभिन्न शहरबाट निशुल्क यातायातको ब्यवस्था गरेको थियो । साथै सहभागीहरुका लागि संघले बिबिक्यु परिकार, सेलरोटी, अचार लगायत खाना र पेय पदार्थ पनि निशुल्क ब्यवस्था गरेको थियो ।
कार्यक्रमको अन्तमा नेपालबाट आएकी गायिका जया लक्ष्मी छन्त्याल पुनको सुरिलो स्वरमा रमाइला भाकाहरुको प्रस्तुति र बाबुराम, मिम, क्या रुद्र छन्त्यालसंगको दोहोरी घम्साघम्सीले भरपूर मनोरन्जन दिलाएको थियो ।
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय