काठमाडौँ, २५ असार – रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप– २०१८ को सेमिफाइनल खेल मंगरबारदेखि शुरु हुुने भएको छ ।
यस पटकको विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । यसैले विश्वकपको उपाधि पनि युरोपेली देशले नै भित्र्याउने निश्चित छ । सेमिफाइनलमा फ्रान्स(घरेलु मैदानमा ब्राजिललाई हराई १९९८को विजेता), बेल्जियम, बेलायत (घरेलु मैदानमा तत्कालीन प जर्मनीलाई हराई १९६६को विजेता) र क्रोएसिया अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन् ।
क्वार्टरफाइनल खेलमा फ्रान्सले पोर्चुगललाई २–१ गोलअन्तरले पराजित गयो भने बेल्जियम पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ गोलअन्तरले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । त्यसैगरी यता बेलायतले स्वीडेनलाई २–० तथा क्रोसियाले आयोजक रुसलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै सेमिफाइलनमा आफ्नो स्थान सुरक्षित गरयो ।
सेमिफाइनलमा मंगलबार फ्रान्सले बेल्जियमको सामना गर्दैछ । प्रत्येक चार चार वर्षमा आयोजना हुने विश्वकपमा पछिल्लो कालमा फ्रान्सले १२ वर्षपछि तथा बेल्जियमले ३२ वर्षपछि सेमिफाइनलको यात्रा तय गरेका हुन् ।
त्यस्तै बुधबार हुने दोस्रो सेमिफाइनल खेलमा एक पटकको विश्व विजेता बेलायतले क्रोसियाको सामना गर्दैछ । पछिल्लो कालमा बेलायत २८ वर्षपछि तथा क्रोएसिया २० वर्षपछि सेमिफाइनल पुगेका हुन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]