
लन्डन । विश्व नेपाली साहित्य महासंघ, साउथ युकेले गत ८ जुलाई २०१८ का दिन गीत लेखन गोष्ठी गरेको छ ।
कार्यक्रममा विश्व नेपाली साहित्य सम्मेलनका निम्ति आमन्त्रित नेपालबाट आएका गीतकार भावेस भुमरीले गीत लेखनबारे प्रशिक्षण दिए ।
आगामी १२ अगष्टका दिन क्यान्टवरी युनिभर्सिटीमा हुने दोश्रो विश्व नेपाली साहित्य सम्मेलनस्थल नजिक प्रि-सम्मेलन स्वरुप गीत लेखन गोष्ठी तथा साहित्य महासंघ स्थापनाको ८ औं वर्षगाँठ साथै २०५ औं भानु जयन्ती मनाइएको हो ।
आदिकवि भानभक्तको बारेमा सन्ध्या गुरुङ र लाहाङ चेम्जोङले मन्तव्य दिए भने विश्व सम्मेलनको बारेमा सम्मेलन सहसंयोजक विजय हितानले आयोजक तथा ब्यवस्थापक समिति विस्तार गरि ५७ बनाइएको जानकारी दिए ।
साहित्य महासंघ केन्द्रका अध्यक्ष विश्वासदीप तिगेलाले विश्व सम्मेलनका निम्ति जोडतोडले देश विदेशमा तयारी भइरहेको जनाउंदै उक्त सम्मेलनमा सबैलाई सहयोग गर्न आव्हान गरे ।
प्रशिक्षकको रुपमा रहेका भावेस भुमरीको जीवनीबारे अमित थेवेले प्रकाश पारेका थिए भने साहित्य महासंघ साउथ युकेका अध्यक्ष करिष्मा घमको सभापतित्वमा गोष्ठी सम्पन्न भएको थियो । कार्यक्रम महासचिव थीर थापाले सञ्चालन गरेका थिए ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा