
लन्डन । विश्व नेपाली साहित्य महासंघ, साउथ युकेले गत ८ जुलाई २०१८ का दिन गीत लेखन गोष्ठी गरेको छ ।
कार्यक्रममा विश्व नेपाली साहित्य सम्मेलनका निम्ति आमन्त्रित नेपालबाट आएका गीतकार भावेस भुमरीले गीत लेखनबारे प्रशिक्षण दिए ।
आगामी १२ अगष्टका दिन क्यान्टवरी युनिभर्सिटीमा हुने दोश्रो विश्व नेपाली साहित्य सम्मेलनस्थल नजिक प्रि-सम्मेलन स्वरुप गीत लेखन गोष्ठी तथा साहित्य महासंघ स्थापनाको ८ औं वर्षगाँठ साथै २०५ औं भानु जयन्ती मनाइएको हो ।
आदिकवि भानभक्तको बारेमा सन्ध्या गुरुङ र लाहाङ चेम्जोङले मन्तव्य दिए भने विश्व सम्मेलनको बारेमा सम्मेलन सहसंयोजक विजय हितानले आयोजक तथा ब्यवस्थापक समिति विस्तार गरि ५७ बनाइएको जानकारी दिए ।
साहित्य महासंघ केन्द्रका अध्यक्ष विश्वासदीप तिगेलाले विश्व सम्मेलनका निम्ति जोडतोडले देश विदेशमा तयारी भइरहेको जनाउंदै उक्त सम्मेलनमा सबैलाई सहयोग गर्न आव्हान गरे ।
प्रशिक्षकको रुपमा रहेका भावेस भुमरीको जीवनीबारे अमित थेवेले प्रकाश पारेका थिए भने साहित्य महासंघ साउथ युकेका अध्यक्ष करिष्मा घमको सभापतित्वमा गोष्ठी सम्पन्न भएको थियो । कार्यक्रम महासचिव थीर थापाले सञ्चालन गरेका थिए ।
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय