लन्डन । किरात याक्थुङ चुम्लुङ यूके केन्द्रिय समितिले ‘सिसेक्पा तङनाम’ मनाउने तयारी गरेको छ । बेलायतभर छरिएर रहेका लिम्बुहरुले एकै ठाउंमा एकत्रित भइ आगामी १४ जुलाईमा फेल्थाममा उनीहरुको महान चाड सिसेक्पा तङनाम मनाउन लागेका हुन् ।
चुम्लुङ यूकेले चार वटा महान चाड मध्ये सिसेक्पा तङनामलाई भव्य रुपमा मनाउने तयारी गरेको जानकारी आइतबार पत्रकार सम्मेलन मार्फत दिएको हो । किरात याक्थुङ चुम्लुङका अध्यक्ष दिल सिं मेन्याङवोले यूकेभरका लिम्बु एकै ठाउँमा भेला भएर आफ्नो संस्कृति संरक्षण गर्दै कार्यक्रम गर्न लागिएको बताए ।
कार्यक्रम संयोजक तथा बरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्वाङले धान नाच, पुराना सामाग्रीको प्रदर्शनी, लिम्बु सस्कृतिको केलाङ यालाङ प्रतियोगिता, उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुको सम्मान, मौलिक पहिरन र गरगहना लगाउनेलाई पुरस्कृत गर्ने कार्यक्रमको तयारी पूरा भएको जानकारी दिए ।
प्रमुख अतिथिका रुपमा उपस्थित हुने बेलायतका लागि नेपाली राजदूत डा. दुर्गावहादुर सुवेदीलाई धान नाच देखाउनेदेखि तोङवा खुवाउनेसम्मको कार्यक्रम तय भएको उनको भनाई थियो । कार्यक्रममा व्यापारिक र खाना गरि करिब २० स्टल रहनेछन् ।
चुम्लुङ यूकेले करिव तीन लाख ३३ हजार पाउण्डमा मेडिस्टोन बरोको येल्डिङ गाउँमा हालै २५ एकड क्षेत्रफल (१६ विघा) जग्गा खरिद गरेको छ । सो जग्गा व्यवस्थित गरि आगामी वर्षदेखि आफ्नै प्रोपर्टीमा कार्यक्रम गर्ने योजना संस्थाको छ । कार्यक्रममा पूर्व अध्यक्षहरु श्री लिम्बु र डम्मर सिंघकले अन्य संघसंस्थासंगको सहकार्यमा काम गर्ने बताए ।
महासचिव गणेश इजमले सिसेक्पा तङनाममा प्रवेश शुल्क ५ पाउण्ड र दुई पाउण्ड कार पार्क शुल्क राखिएको जनाए ।
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय