लन्डनमा कोसेलीको ३२ औं वार्षिकोत्सव

लन्डन । कोसेली नेपाली सांस्कृतिक परिवार यूकेले स्थापनाको ३२ औं वार्षिकोत्सव मनाएको छ । शनिबार सांझ लन्डनस्थित ग्रीनफोर्ड टाउन हलमा आयोजित विशेष समारोहबीच वार्षिकोत्सव मनाइएको हो ।

करिब साढे चारसय सहभागी उक्त कार्यक्रम औपचारिक भन्दा सांस्कृतिक प्रस्तुतिले रंगीन बन्यो । बेलायतमै जन्मे हुर्केका स-साना बालबालिकाले प्रस्तुत गरेको राष्ट्रिय भावनाले ओतप्रोत गीत संगीत आकर्षणको केन्द्र बनेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी थिए राजदूत डा. दुर्गाबहादुर सुवेदी । मन्तव्यका क्रममा राजदूत सुवेदीले नेपाली कला र लोक संस्कृति जगेर्नाका निम्ति निरन्तर समर्पित रहेकामा कोसेलीको प्रशंसा गरे ।

कोसेली अध्यक्ष शर्मिला सिंहले विदेशमा नेपाली कला, संस्कृति जीवन्त 
राख्ने र यसबारे नयां पुस्तालाई सिकाउनु संस्थाको मुख्य उद्देश्य रहेको बताउंदै नेपाली कला, संस्कति, साहित्य, भेषभूषा नै नेपालको पहिचान भएको उल्लेख गरिन् ।

‘नयां कलाकार जन्माउने र उनीहरुलाई प्रोत्साहन गर्ने पनि हाम्रो उद्देश्य हो’, शर्मिलाले भनिन्, ‘नयां पुस्तामा हस्तान्तरण र नेपाली गीत संगीतको माध्यमबाट नेपाली मन र नेपाललाई जोड्ने पनि हाम्रो अभियान हो । यो अभियानमा यहांहरुको साथ कोशेढुंगा बन्नेमा दुईमत छैन् ।’

कार्यक्रममा स्थानीय काउन्सिलर शरण शर्मा र व्यवसायी – समाजसेवी महन्त श्रेष्ठले पनि शुभकामना दिंदै कोसेलीको योगदानको चर्चा गरे ।

कार्यक्रममा निवर्तमान अध्यक्ष अमृत गुरुङलाई ‘अनरेरी एप्रिसेसन सर्टिफिकेट’ र कलाकारहरुलाई सम्मान गरिएको थियो ।

दोश्रो चरणमा राष्ट्रिय भावनाले ओतप्रोत गीत, संगीत र नृत्यले थप रौनकता दिएको थियो । फरक फरक भेषभुषामा सजिएका १५ जना बालबालिकाले ‘पश्चिम कोही पूर्व घर…’ बोलको गीतमा सामूहिक नृत्य गर्दा हल रोमाञ्चित बन्यो । अन्य कयौं कलाकारले पनि नाच देखाए ।

औपचारिक कार्यक्रम निवर्तमान अध्यक्ष अमृत गुरुङ र सांस्कृतिक कार्यक्रम शशी थापा सुब्बाले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा संस्थाकी उपाध्यक्ष रुवी थापा र महासचिव खेम गौतमले स्वागत मन्तव्य दिए । नृत्य संयोजन गीता थापा र संगीत संयोजन अमर लामाले गरेका थिए ।

तस्विरहरु- नेपालीसमाजयूकेडटकम

प्रतिक्रिया

सम्बन्धित सामाग्री