ओखलढुंगा जिल्ला समाज युकेमा बिष्णु गुरुङ

लण्डन । ओखलढुंगा जिल्ला समाज युकेको नयां अध्यक्षमा विष्णुबहादुर गुरुङ निर्वाचित भएका छन् ।

समाजको दोस्रो साधारण सभाले गुरुङको नेतृत्वमा नयाँ समिति गठन गरेको हो । समितिको मुख्य उपाध्यक्षमा नारायण गुरुङ, उपाध्यक्षहरूमा राजदेवी गुरुङ र कमल राई, महासचिवमा प्रेम तामाङ, सचिवमा धनबहादुर गुरुङ, कोषाध्यक्षमा रमेश राना र सहकोषाध्यक्षमा टेकबहादुर पुलामी चयन भएका छन् ।

यसैगरी सांस्कृतिक सचिव विष्णुराज गुरुङ, कार्यक्रम सचिव र सहायक सचिवमा कृष्णबहादुर गुरुङ र फूर्तिमान गुरुङ, मिडिया सचिवमा अस्वीन गुरुङ छन् । सदस्यहरूमा शान्ता राई, विष्णु सुनुवार, प्रल्हाद गुरुङ, गुनबहादुर गुरुङ, सुरेश श्रेष्ठ र रेनुका राई छनोट भए ।

समितिका सल्लाहकारहरूमा नानीबाबु मगर, कृष्ण थापा, भक्तलाल श्रेष्ठ, शिवजी श्रेष्ठ, हरिसिंह थापा, मनबहादुर सुनुवार, रामप्रसाद गुरुङ, कालुराम गुरुङ र मुकुन्द गुरुङ चयन भएका छन् ।

नयां समिति गठनका लागि शिवजी श्रेष्ठ र श्रीमती दिलु राई रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री