लन्डन । धादिङ नुवाकोट समाज यूके धादिङका पहिरो पीडितको सहयोगार्थ आर्थिक संकलनमा जुटेको छ । पहिरो र बाढीले पुरयाएको जनधनको क्षति सुने लगत्तै विगत ११ वर्ष देखि विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय संस्था धादिङ नुवाकोट समाज यूकेले आपत्कालिन बैठक बसी तत्काल सहयोगका लागि आव्हान गरेको थियो । आव्हानको केही दिनमा नै करिब ३ लाख रुपैंया संकलन गरी नेपाल जांदै गरेका कार्यसमिति सदस्य सूर्य थोक्राले पीडित परिवारसंग भेटी सहयोग गरेको समाजका अध्यक्ष सीबी तामाङले बताए ।
‘प्रवासमा बसेर जसरी हामी नेपालमा यस्तो दुःखमा तत्काल जे जति सकिन्छ, सहयोगका लागि आतुर हुन्छौं’- तामाङले भने । राज्य र जनप्रतिनिधिहरुको जवाफदेहीता यो भन्दा ज्यादा हुनुपर्ने बताउंछन् समाजका पूर्व महासचिव हरिसी वाइबा । उनको माग छ- ‘रकम सानो होला, छोटो समय र सदस्यहरुको पनि विविध परिस्थितिमा हामीले सानै रकम पठाएका छौं तर यो राज्य र जनप्रतिनिधिलाई जवाफदेही बनाउन र तत्कालै थोरै भए पनि राहत पुगोस् भन्नाका लागि सरकार र गाउंपालिकाले पीडित परिवारको यथोचित ब्यवस्थापनको जिम्मेवारी लिनुपर्छ ।’
असार १३ र १४ गतेको अविरल वर्षाका कारण धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेबी र मार्पाकमा पहिरो गइ ७ घर पुरिएको छ भने ५ जनाको ज्यान गएको बताइएको छ । २ जना बेपत्ता छन् । खनियावास गाउंपालिका ५ साईस्वांरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउंदा गोलेकी ३६ वर्षीया श्रीमती बसोधा गुरुङ, १० वर्षीया छोरी लक्ष्मी गुरुङ र ५ वर्षीया सरस्वती गुरुङको पहिरोमा पुरिइ मृत्यु भएको थियो ।
त्यस्तै सोही गाउंपालिका चिउरीखर्कमा गएको पहिरोमा शम्सेर घले र कोप्ची घले बेपत्ता भए भने नेत्रावती डपजोङ गाउंपालिका मार्पाकमा पांच घर बगाएको खवर छ ।
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक