बद्री पंगेनीले युट्युबबाट गीत हटाउन भने पछि लफडा

लन्डन । हिन्दू नारीहरुको महान पर्व तीजको अवसर पारेर गायक बद्री पंगेनी र गायिका कला पंगेनीको स्वर तथा नरेन्द्र बस्नेतको लय शब्द रहेको ‘चिटिक्कै मलाई सुहायो’ बोलको तीज गीत र म्यूजिक भिडियो सार्वजनिक भएको छ ।  

भर्खरैमात्र गोर्खा रेडियो यूकेले आफ्नो युट्युब च्यानलमार्फत गीत र म्यूजिक भिडियो सार्वजनिक गरेको हो । तर, भिडियो आउने बितिकै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका गायक बद्री पंगेनीले तीज आउन अझै समय रहेकोले युट्युबबाट हटाउन दवाब दिए । 

यसघि नै तीजका थुप्रै गीत बजारमा आइसकेको हुँदा खासै फरक नपर्ने गायिका कला पंगेनीको अडान पश्चात पुन गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको पत्रकार नरेन्द्र बस्नेतले जनाए । 

परदेशिएको आफ्नो मायालुसंग पोखिएको वेदनाले भरिएको यस तीज गीतमा ढाका टोपी र गुन्यू चोलीमात्र होइन, परदेशदेखि गाउँघर अनि मेलापातसमेतलाई समेटिएको छ । बाध्यताले परदेश लागेको मायालुको बारेमा सुनेका कुराहरुले चसक्क दुखेको मन अनि परदेशमा भोगेको पीडालाई गीतमार्फत प्रस्तुत गर्न खोजिएको गीतकार बस्नेत बताउंछन् । 

उक्त गीतको म्यूजिक भिडियोमा अहिले सर्वाधिक लोकप्रिय बनेको म्यूजिक भिडियो ‘बोल माया’ मा अभिनय गरेकी अन्जली अधिकारी र निकै व्यस्त मोडल महेन्द्र गौतम, गायिका कला पंगेनी, राजेन्द्र भण्डारी लगायतको अभिनय छ । 

भिडियोमा प्रविन थापाको निर्देशन, शक्ति प्रज्वल घिमिरेको छायांकन तथा सम्पादन छ भने दृश्य निर्माणमा ह्वाइट मिडिया प्रा.लि. को भूमिका छ । त्यसै गरि गीतको अडियो प्रिज्म रेकर्डिङ स्टुडियोले तयार परेको हो ।

म्यूजिक भिडियो-

प्रतिक्रिया

सम्बन्धित सामाग्री