लन्डन । सप्ताहन्तदेखि हराइरहेका फोकस्टन केन्ट बस्ने एक जना भूतपूर्व गोर्खा समुद्री किनारमा मृत भेटिएका छन् । शनिबारदेखि हराइरहेका ७७ वर्षीय वृद्ध भक्तबहादुर तामाङलाई लामो खोजीपछि लिज क्लिफ हल नजिक समुद्री किनारमा भेट्टाइएको हो ।
उनी भेटिएपछि आइतबार बिहान ८ बजे प्रहरीलाई खवर गरिएको थियो । उनको मृत्युलाई शंकास्पद रुपमा हेरिएको छैन् ।
परिवारले शनिबार एकबजेसम्म तामाङलाई देखेको थियो । उनको खोजीमा आपतकालिन सेवाका उद्दारकर्मी परिचालन गरिएको थियो ।
तामाङ श्रीमति गौरीमाया, छोरी रेनु र छोरा विपेनका साथ बस्दै आएका थिए । उनका अरु तीन सन्तान नेपालमै छन् ।
धरानबाट सन् २००६ अक्टोबरमा बेलायत आएका तामाङ १२ वर्षदेखि फोकस्टन बस्दै आएका थिए । उनले सन् १९५९ देखि १९७० सम्म ब्रिटिश आर्मीको क्वीन्स गोर्खा इन्जिनियर्समा सेवा गरेका थिए ।
फोकस्टन नेपलिज कम्युनिटीमा समेत आवद्ध तामाङले नेपाली समुदायलाई उल्लेख्य योगदान गरेका थिए ।
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक