लन्डन । सप्ताहन्तदेखि हराइरहेका फोकस्टन केन्ट बस्ने एक जना भूतपूर्व गोर्खा समुद्री किनारमा मृत भेटिएका छन् । शनिबारदेखि हराइरहेका ७७ वर्षीय वृद्ध भक्तबहादुर तामाङलाई लामो खोजीपछि लिज क्लिफ हल नजिक समुद्री किनारमा भेट्टाइएको हो ।
उनी भेटिएपछि आइतबार बिहान ८ बजे प्रहरीलाई खवर गरिएको थियो । उनको मृत्युलाई शंकास्पद रुपमा हेरिएको छैन् ।
परिवारले शनिबार एकबजेसम्म तामाङलाई देखेको थियो । उनको खोजीमा आपतकालिन सेवाका उद्दारकर्मी परिचालन गरिएको थियो ।
तामाङ श्रीमति गौरीमाया, छोरी रेनु र छोरा विपेनका साथ बस्दै आएका थिए । उनका अरु तीन सन्तान नेपालमै छन् ।
धरानबाट सन् २००६ अक्टोबरमा बेलायत आएका तामाङ १२ वर्षदेखि फोकस्टन बस्दै आएका थिए । उनले सन् १९५९ देखि १९७० सम्म ब्रिटिश आर्मीको क्वीन्स गोर्खा इन्जिनियर्समा सेवा गरेका थिए ।
फोकस्टन नेपलिज कम्युनिटीमा समेत आवद्ध तामाङले नेपाली समुदायलाई उल्लेख्य योगदान गरेका थिए ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता