शुक्रबार, असोज ९ २०७७ | Fri, September 25, 2020
नेपालको समय: ११:२४ | UK Time: 06:39

ग्रीनवीच कप फुटबल र भलिबल प्रतियोगिता एकैचोटी हुने

मन्दिप केसी
२०७५ असार २० गते ९:३५

लन्डन । नेपाली युथ एशोसिएसनको आयोजनामा यही ११ अगष्टमा ग्रीनवीच कप फुटबल र भलिबल प्रतियोगिता हुने भएको छ ।

उलवीचस्थित रोयल आर्टिलरी ब्यारेकको फुटबल मैदानमा सञ्चालन हुने प्रतियोगितामा १६ फुटबल र १२ भलिबल टोलीको सहभागिता रहने एशोसिएसनका उपसभापति राजन खकुरेलले जानकारी दिए । प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफी सहित १५०० पाउण्ड नगद प्राप्त गर्नेछन् । दोश्रो हुनेलाई ८०० नगद सहित मेडल प्रदान गरिनेछ भने सेमिफाइनलमा पुग्ने टिमलाई २०० नगद प्रदान गरिनेछ । फुटबल संयोजक अमिर गुरुङ छन् ।

एशोसिएसनका सभापति लक्ष्मन गुरुङ अनुसार उक्त कार्यक्रम फुटबल र भलिबल प्रतियोगितामा मात्र सिमित नभएर अरु थुप्रै मनोरन्जनात्मक खेल, खानाको स्टल, सांगीतिक कार्यक्रम तथा बालबच्चाहरुलाई खेल्ने ठाउँको पनि व्यवस्था गरिएको छ । सो प्रतियोगिता बेलायतमा हुने अरु प्रतियोगिता भन्दा भिन्न तरिकाले गरिने आयोजकको दाबी छ ।

संस्थाका उपसभापति डा. सुदर्शन गुरुङले साउथइष्ट लन्डनकै सबै भन्दा आकर्षक फुटबल र भलिबल प्रतियोगितालाई सबै संघसंस्था मिलेर सफल पार्न अपिल गरेका छन् । आयोजक समितिले प्रतियोगिताको तयारी भव्यताका साथ अगाडी बढाइरहेको भलिबल खेलका संयोजक मन्दिप केसीले जानकारी दिए । भलिबल प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफी सहित £७५० नगद प्राप्त गर्नेछ । २०१६ भलिबल चाल्टर्नले क्लबले जितेको थियो भने २०१७ मा रेडिङले जित हासिल गरेको थियो ।

संस्थापक सभापति हयारी गुरुङले बेलायतमा ग्रीनवीच कपको छुटै पहिचान भएकाले सौहार्दपूर्ण तरिकाले प्रतियोगिता सम्पन्न गर्न सम्पूर्ण कार्यसमितिलाई शुभकामना दिए ।

ग्रीनवीच कप सकिसकेपछि नेपाली युथ एशोसिएसनको आयोजनामा डाँफे रेस्टुरेन्ट एण्ड बारमा सांगीतिक फेस्टिवल पनि हुंदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक