मस्को-रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलको सोमबारको खेलपछि जापान पनि बाहिरिएको छ । बेल्जियमले जापानलाई ३–२ गोल अन्तरमा पराजित गरेको थियो । मध्यान्तर अघिसम्म जापान र बेल्जियम दुबैले गोल गर्न नसकेकोमा दोस्रो हापमा दुई गोल गर्दै बेल्जियमले जापानी टोलीलाई पराजित गरेको थियो ।
यसपछि विश्वकपको क्वार्टरफाइनलमा पुग्ने जापान तेस्रो एसियाली मुलुक बन्ने सम्भावना लगभग पक्का जस्तो देखिएको थियो । तर केही समयपछि युरोपेली टोली बेल्जियमले खेल बराबरीमा ल्याउन सफल भयो । यस पछिको एक गोलले बेल्जियमलाई विजय दिलायो ।
आफूहरुले अग्रता लिएपछि पनि सफलता प्राप्त गर्न नसककोमा जापानी प्रशिक्षक अकिरा निशिनोले स्तब्ध भएको बताए । आगामी शुक्रवार अब बेल्जियमले पाँच पटक विश्वविजेता रहिसकेको ब्राजिलको सामना गर्नेछ ।
यसअघि सोमवार नै पहिलो चरणमा सम्पन्न प्रतियोगितामा मेक्सिकोलाई २–० गोल अन्तरले हराउँदै विश्वकपको एक प्रमुख दाबेदार मानिएको ब्राजिल क्वार्टरफाइनलमा पुग्न सफल भएको छ ।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने