लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरको वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनले सुमलकुमार गुरुङलाई पुनः सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको छ ।
११ सदस्यीय कार्यकारी समितिको उपाध्यक्षमा लक्ष्मी राई (लारा), महासचिव सन्तोष कार्की, सचिव रेखा खरेल, कोषाध्यक्षमा सचिन गुरुङ चयन भएका छन् । त्यसैगरि, सदस्यहरूमा लिला गुरुङ, मन्जु भण्डारी, मोहन आचार्य, माया गुरुङ, सारादेवी गुरुङ, विसन थापा र दुर्गा थापा चयन भए ।
नयां कार्यकारी समितिले छलफल गरि सल्लाहकारमा डा. रुपक श्रेष्ठ र डा. सुनिल बुढाथोकीलाई चयन गरेको छ ।
पांचौ कार्यकारी समितिको विघटन विधिपूर्वक घोषणा गरेर निर्वाचन आयुक्त डा. सुनिल बुढाथोकीलाई नयां कार्यसमिति चयनका लागि आग्रह गरिएको थियो । हलमा सदस्यहरुको सहभागितालाई मध्यनजर गरी निर्वाचन आयुक्त डा. सुनील बुढाथोकीले उपस्थित सदस्यहरुसंग छलफल गरेका थिए । उम्मेदवारहरुबाट निवेदन प्राप्त भएपछि साविककै कार्यसमितिलाई अर्को थप एक कार्यकालका लागि चयन गरिएको हो ।
त्यसैदिन नव निर्वाचित कार्यसमितिले विभिन्न भावी कार्यक्रम तय गरेको छ ।
१८ नर्थफाक, वेलिङ, केन्टमा सम्पन्न अधिवेशन संस्थाका अध्यक्ष सुमलकुमार गुरुङको अध्यक्षता र सल्लाहकार तथा अनेसास केन्द्रीय उपाध्यक्ष (युरोप) डा. रुपक श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रम औपचारिक रुपमा सम्पन्न हुनु अघि सदस्यता नवीकरण र नयां सदस्यहरुको दर्ता गरिएको थियो । संस्थाकी उपाध्यक्ष लक्ष्मी राई (लारा) ले सबैलाई स्वागत गर्दै आभार व्यक्त गरेकी थिइन् । अधिवेशनले महासचिव सन्तोष कार्कीको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष राजकुमार श्रेष्ठको आयव्यव विवरण सर्वसम्मत पारित गरेको छ ।
अधिवेशन सम्वोधनका क्रममा संस्थाका सल्लाहकार अनेसास केन्द्रीय उपाध्यक्ष डा. रुपक श्रेष्ठले अनेसास बेलायत च्याप्टरको विगत देखि वर्तमानसम्मका क्रियाकलाप र प्रगतिबारे संक्षिप्त जानकारी दिए । अध्यक्ष सुमलकुमार गुरुङले सबैमा धन्यवाद ज्ञापन गर्दै अनेसासको आगामी कार्यकारी समिति चयन, यसवर्षको भानु जयन्ती र सुप्रमा पुरस्कारबारे प्रकाश पारेका थिए ।
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने