लन्डन । वृद्धवृद्धाको रेखदेखमा समर्पित दमकस्थित एक आश्रमको सहयोगार्थ लन्डनमा च्यारिटी डिनर हुने भएको छ ।
आगामी जुलाई १३ तारिख लन्डनस्थित हयारो बरो फुटबल क्लबमा च्यारिटी डिनर हुन लागेको हो । कार्यक्रममा नेपालबाट आएका चर्चित गायक एवं पहिलो नेपाली तारा दिपक लिम्बुको प्रस्तुतिसहित गीत-संगीत र डिनर राखिने छ ।
नेपालको मेची अञ्चल दमक नगरपालिका ९ स्थित रत्न आश्रमको सहयोगार्थ च्यारिटी गर्न लागिएको जनाउंदै उक्त आश्रमकी सञ्चालिका श्रीमती मन सुनुवार आलेले सहयोगका लागि सबैमा अपिल गरेकी छन् । उनले कार्यक्रममा सहभागी भई आर्थिक सहयोग वा प्रायोजन गरेर आफ्नो पवित्र उद्देश्यमा साथ दिन आग्रह गरिन् ।
‘शुरुतिर समाजसेवाको तीव्र आकांक्षाले आफ्नै लगानीमा आश्रम निमार्ण गरेर दुई चार जना बेसहारा र असहाय आमाबाबाको सेवा गर्दै आएकी थिएं । तर, अहिले वृद्धबृद्धाको संख्या बढ्ने क्रम जारी भएकाले केही सहयोगको अपेक्षासहित च्यारिटी डिनर गर्न लागिएको हो’, मन सुनुवारले भनिन् । उनले अगाडि भनिन्, ‘हुन त बेलायतमा धेरै संघसंस्था छन् र ति सबैले च्यारिटी गर्दा धान्नै नसकिने अवस्था पनि छ । यद्यपि, एक थुकी सुकी सय थुकी नदी… भने जस्तो थोरै सहयोगले पनि हाम्रो आमा बाबालाई केहि राहत होस् भन्ने हेतुले कार्यक्रम आयोजना गरेको हुं ।’
पहिले आफूले मात्र आश्रम चलाउने सोच लिएको भएपनि अहिलेको अवस्थामा यसलाई एउटा संस्थाकै रुपमा लैजाने योजना सुनुवारले सुनाइन् ।
उक्त च्यारिटीका लागि लक्ष्मी राई (लारा), उमेश मोक्तान, शशीधर नेपाल, रस्मिता दर्लामी, सुशीला कार्की, शशी थापा सुब्बा लगायतले प्रत्यक्ष सहयोग गरिरहेका छन् ।
उक्त कार्यक्रमका लागि ए स्टार फाइनान्सियल सर्भिसेस्, नेपाल रेष्टुरेन्ट, कृष्ण भट्ट एबीआइ कलेज, गोर्खा ग्रोसरी स्कटल्याण्ड, विकास नेपाल (नेपाल फुड्स), काठमाडौं कर्नर/केटिएम ट्राभल्स एन्ड टुर्स, नेपाली टिभी आदिले प्रायोजन गरेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा