आइतबार, असोज ११ २०७७ | Sun, September 27, 2020
नेपालको समय: १४:१६ | UK Time: 09:31

दम्पती ‘सिजन टु’ मा खुल्नेछ भित्री कुरा

दिनेश कुमार परियार
२०७५ असार १४ गते १६:३२

लण्डन- गोरखा च्यानलद्वारा प्रसारित कार्यक्रम दम्पतीको नयाँ संस्करण ‘सिजन टु’ मंगलबार औपचारिक रुपमा शुरु भएको छ ।

लण्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा सम्पन्न दम्पतीको पहिलो शोमा एनआरएनए युकेका अध्यक्ष योग फगामी र श्रीमती शर्मिला फगामी पुर्जाको कार्यक्रम प्रशारण गरियो । फगामी दम्पतीका स्वयम उपस्थित भएर अन्य आगन्तुकका साथ शो प्रत्यक्ष प्रशारण हेरेका थिए ।

शो पछि प्रतिकृया दिंदै उनले कार्यक्रमले बेलायतमा रहेका नयाँ पुस्तालाई समेत आफनो परिवारबारे थाहा हुने भएकोले महत्वपूर्ण र सन्देशमूलक भएको बताए ।

श्रीमती शर्मिला फगामीले आफूले सोचे भन्दा पनि रोमान्चक तरिकाले कार्यक्रम प्रस्तुत गरिएकोमा धन्यवाद दिइन् ।

एनआरएनए युकेका महासचिव आरके त्रिपाठीले कार्यक्रमले बिभिन्न बिधाका व्यक्तिहरुको पारिवारिक जीवन उजागर गरेकोमा प्रशंसा गरे ।

कलाकार शशी सुव्वाले कार्यक्रमले पहिलो पुस्ताको बिगतसंग नयाँ पुस्तालाई परिचित गराउने भएकोले यो महत्वपुर्ण भएको बताइन् ।

देव गुरुङ निर्माता रहेको युरोपको दम्पतिको रुपमा विगत चार वर्षदेखि प्रशारित कार्यक्रम गोर्खा च्यानलकी डाइरेक्टर बिमला सेनेले सञ्चालन गर्दै आएकी छिन् । ‘सिजन टु’ को क्यामेरा, सम्पादन र निर्देशन भने दिनेशकुमार परियारले गर्दै आएका छन् ।

गोर्खा स्टुडियो युकेले उत्पादन गर्ने यस कार्यक्रम हरेक मंगलबार सांझ ८ बजे गोर्खा च्यानलबाट प्रशारण हुनेछ । कार्यक्रम गोर्खा च्यानलका साथै क्यानडा नेपाल र बेलायतका नेपाली मिडियामा हेर्न सकिने निर्माण पक्षको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक