लन्डन । बेलायतका एकजना चिरपरिचित सामाजिक अभियन्ता नवीन गुरुङ अमेरिका मुख्यालय रहेको ‘दि रोटरी फाउण्डेशन अफ रोटरी इन्टरनेशनल’ बाट सम्मानित भएका छन् । सहारा यूकेका संस्थापक अध्यक्ष गुरुङले फाउण्डेशनका तर्फबाट ‘पल हयारिस फेलोसीप’ र मेडल प्राप्त गरेका हुन् ।
बर्नएण्ड रोटरी क्लबको सिफारिसमा गुरुङले उक्त सम्मान पाएका थिए । बर्नएण्ड रोटरी क्लब अध्यक्ष क्रिस वीब्लीले एक समारोहबीच उनलाई मेडल र प्रमाणपत्र हस्तान्तरण गरे ।
‘मैले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा गरेको सामाजिक कामको मुल्यांकन गर्दै यो सम्मान दिइएको हो’- गुरुङले भने, ‘यसले मलाई भविष्यमा साउथ बकिङहयामसायर रोटरियन्सका साथ समाजसेवामा क्रियाशिल हुन थप हौसला मिलेको छ ।’
गुरुङले कुकहाम ब्रीज रोटरियनसंग मिलेर २० हजार पाउण्डको पहिलो प्रोजेक्ट सहारा एकेडेमी दोबिल्ला पोखरामा पानी टंकी बनाउन लगेका थिए ।
यस अतिरिक्त बर्नएण्ड रोटरीसंग मिलेर महाभूकम्पमा उनले ६ हजार पाउण्ड बराबरको सांढे २ टन औषधि, खाना र लत्ताकपडा पठाएका थिए । गुरुङले अरुण चौधरी फाउण्डेशनसंग मिलेर पनि भूकम्प पीडितलाई सहयोग गरेका थिए ।
बेलायतको च्यारिटी कार्यमा समेत उनले निरन्तर सहयोग गर्दै आएका छन् ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे