लन्डन । बेलायतका एकजना चिरपरिचित सामाजिक अभियन्ता नवीन गुरुङ अमेरिका मुख्यालय रहेको ‘दि रोटरी फाउण्डेशन अफ रोटरी इन्टरनेशनल’ बाट सम्मानित भएका छन् । सहारा यूकेका संस्थापक अध्यक्ष गुरुङले फाउण्डेशनका तर्फबाट ‘पल हयारिस फेलोसीप’ र मेडल प्राप्त गरेका हुन् ।
बर्नएण्ड रोटरी क्लबको सिफारिसमा गुरुङले उक्त सम्मान पाएका थिए । बर्नएण्ड रोटरी क्लब अध्यक्ष क्रिस वीब्लीले एक समारोहबीच उनलाई मेडल र प्रमाणपत्र हस्तान्तरण गरे ।
‘मैले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा गरेको सामाजिक कामको मुल्यांकन गर्दै यो सम्मान दिइएको हो’- गुरुङले भने, ‘यसले मलाई भविष्यमा साउथ बकिङहयामसायर रोटरियन्सका साथ समाजसेवामा क्रियाशिल हुन थप हौसला मिलेको छ ।’
गुरुङले कुकहाम ब्रीज रोटरियनसंग मिलेर २० हजार पाउण्डको पहिलो प्रोजेक्ट सहारा एकेडेमी दोबिल्ला पोखरामा पानी टंकी बनाउन लगेका थिए ।
यस अतिरिक्त बर्नएण्ड रोटरीसंग मिलेर महाभूकम्पमा उनले ६ हजार पाउण्ड बराबरको सांढे २ टन औषधि, खाना र लत्ताकपडा पठाएका थिए । गुरुङले अरुण चौधरी फाउण्डेशनसंग मिलेर पनि भूकम्प पीडितलाई सहयोग गरेका थिए ।
बेलायतको च्यारिटी कार्यमा समेत उनले निरन्तर सहयोग गर्दै आएका छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित