लन्डन । दुवै मिर्गौलाले काम गर्न छोडेपछि जीवन मरणको दोसांधमा पुगेका २३ वर्षीय पासाङ शेर्पाको जीवन बचाउन युकेमा पहल शुरु भएको छ । युकेको ब्लाण्डफोर्डमा बसोबासरत गोरखा सैनिककी श्रीमती मिङ्मा शेर्पाले पासाङ बचाउ अभियान शुरु गरेकी हुन् ।
संखुवासभा जिल्ला (तत्कालिन पाथीभरा गाविस वडा नं १) बस्ने पासाङ एक वर्षदेखि मिर्गौला रोगबाट पीडित छन् । खांदवारीको हिमालय उच्चमाध्यमिक विद्यालयमा प्लस टु अध्ययन गरिरहेका पासाङ मिर्गौला रोगकै कारण पढाइ छोड्न वाध्य भएका छन् ।
पढाइका लागि विद्यालय जानुको साटो उपचारका लागि काठमाडौंको अस्पताल चहार्नु उनको दिनचर्या बनेको छ । उनका लागि पढेर भविष्य उज्ववल बनाउनु होइन्, तत्कालका लागि जीवन दान पाउनु प्राथमिक कार्य बनेको छ ।
पासाङको अवस्थाका बारेमा जानकारी पाएपछि मिङ्मा शेर्पाले अहिले गो फण्डमी डटकममा सेभ पासाङ पेज खोलेर सहयोग संकलन शुरु गरेकी छिन् । अहिलेसम्ममा सो पेजमार्फत करिब ९०० पाउण्ड जम्मा भएको छ भने शेर्पा संघ युके मातहतबाट करिव १ हजार पाउण्ड संकलन भएको छ ।
अहिले हप्तामा दुईपटक पासाङ डायलसिस गराइरहेका छन् । दीर्घकालका लागि मिर्गौला प्रत्यारोपण गर्न चिकित्सकले परामर्श दिएका छन् । उनको परिवारले एउटा मिर्गौलाको व्यवस्था पनि गरिसकेका छन् । हाल नेपालमै प्रत्यारोपण हुने भएकाले करिब पांचलाख रुपियांले पुग्ने आंकलन छ ।
मिङमाले बांकी रकम संकलनका लागि ब्लाण्डफोर्ड क्षेत्रको मेलामा फेस पेन्टिङ, फेसियल, थ्रेडिङ लगायतका कार्य गर्ने योजना बनाएकी छिन् । यस्तै, नेपाली चलचित्र ल्याएर आर्मी क्याम्पमा देखाउने पनि उनको सोचाइ छ ।
‘मैले पासाङलाई पहिले चिने जानेको थिइन् । उनी बिरामी भएको थाहा पाएपछि एउटा २३ वर्षीय युवा जसले संसार देख्न र जीवन भोग्न पाएकै छैन् उसलाई हामीले एक दिनको खाजा खर्च कटाएर बचाउन सक्छौं भने किन नगर्ने भन्ने लाग्यो’- उनले सहयोग संकलनमा लाग्नुको कारण दिइन् ।
पासाङलाई सहयोग गर्न चाहनेहरुले तलको लिंकमा गएर सहयोग गर्न सक्नेछन् ।
https://www.gofundme.com/savepasang
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा