बेलायत । प्रथम नौमती बाजा गुल्मी यूके समूहले ‘टनब्रीज समर कार्निभल’ मा दोस्रो स्थान प्राप्त गरेको छ ।
गत साता केन्टस्थित टनब्रीजमा भएको कार्निभलमा समूहले ४० भन्दा बढी समुदायका ४५ हजार दर्शकको मन जित्दै उक्त स्थान पायो । इण्डियन कम्युनिटीको सामूहिक डान्स र ढोलक ब्याण्डले प्रथम स्थान पाएको थियो ।
नेपालीहरु स्थानीय सेन्सवरी कार पार्कछेउ एकत्रित भएर नेपाली मौलिक धुन घन्काउँदै करिब एक किमी मार्च पास गर्दा समूहले दर्शकहरुको ध्यान नखिच्ने कुरै भएन । मेयर काउन्सिलर पाम बेट्स र टनब्रीज लायन्स क्लबका अध्यक्षको मन नौमती बाजाले छोएको थियो ।
नौमती बाजाले यसअघि लगातार तीन वर्ष प्रथम स्थानमा आई ह्याट्रिक गरेको थियो । समूह सन् २०१० देखि कार्निभलमा नियमित सहभागी हुंदै आएको छ ।
यसपालिको कार्निभलमा स्थानीय नेपाली समुदाय मौलिक वेशभूषा र नेपाली झन्डा तथा भूपू गोर्खाहरु मेडल हयाट लगाएर आर्मी पोसाकमा मार्चमा सहभागी थिए । नेपाली कम्युनिटी टनब्रीज केन्टका अध्यक्ष लेप्टन मोहन राना, सचिव भेष थापा, कोषाध्यक्ष याम गुरुङ, मिडिया पिआर दुर्गा बुढाथोकी साथै नेपाली समाज टनब्रीज केन्ट महिला समूहकी अध्यक्ष श्रीमती मानु थापाको नेतृत्वमा महिलाहरुको सामूहिक नाच र नवयुवाका अध्यक्ष विकास रानाको नेतृत्वमा युवाहरु नेपाली पोशाक, बाजागाजा लिएर गरिएको मार्चपासले सबैको मन तानेको थियो ।
सो दिन नौमती समूहको लागि खानपिन निशुल्क प्रायोजन गोर्खा प्लानेट रेस्टुरेण्टका प्रोप्राइटर दिनेश महर्जन, दियाराम गिरी र केशवराज गिरीले गरेका थिए ।
नौमती समूहका प्रमुख संयोजक ओम थापा काउचा, संयोजक तथा गुल्मी जिल्ला समाज युकेका उपाध्यक्ष टोप पल्ली, बिन भुजेल, लाल काउचा, ठाम रोका, पदम गुरुङ, याम गलामी, क्या रि बीरबहादुर थापा, होमलाल राना, इन्द्र थापा आदि कार्निभलमा सहभागी भएका थिए ।
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग