लन्डन । ब्रिटेनमा छुट्टी मनाउन जाने व्यक्तिहरुलाई गलत सूचना दिएर ठूलो रकम घोटाला गरेको अभियोगमा दोषी पाइएका एक नेपालीलाई दुई वर्षभन्दा बढीको जेल सजाय सुनाइएको छ ।
हयारो क्राउन कोर्टले मार्खर ट्रेडर्स लिमिटेडका निर्देशक तेजबहादुर गुरुङलाई छुट्टी मनाउन जाने २८ जना व्यक्ति (होलिडे मेकर) बाट ७० हजार पाउण्ड (झण्डै एक करोड रुपैंया) घोटाला गरेको अभियोगमा २५ महिनाको जेल सजाय सुनाएको हो ।
स्थानीय ह्यारो टाइम्स समाचारपत्रका अनुसार गुरुङलाई २५ महिना लामो जेल सजाय र दश वर्षसम्म कुनै पनि कम्पनीको निर्देशक बन्न अयोग्य हुने आदेश पनि दिइएको छ ।
ब्रेन्ट एण्ड ह्यारो ट्रेडिङ स्टान्डर्डस भन्ने निकायले साउथ ह्यारोमा बसोबास गर्ने भूतपूर्व गोर्खा सैनिक गुरुङले छुट्टी मनाउन जाने व्यक्तिहरुलाई अन्तिम समयमा वायुसेवा कम्पनीले उडान रद्द गरेको जानकारी दिएर नयाँ बुकिङ गर्न वाध्य बनाउने गरेको पत्ता लगाएको थियो । उनले अरु कैयौं मानिसहरुसंग त्यसरी नै धोखाधडी गरेको हुन सक्ने पनि सो निकायले बताएको छ ।
गुरुङले बयान दिंदा आफू दोषी भएको स्वीकारेका थिए । गुरुङ सोंपाल समाज यूकेका उपाध्यक्ष पनि भएको बताइएको छ ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न