लन्डन । ब्रिटेनमा छुट्टी मनाउन जाने व्यक्तिहरुलाई गलत सूचना दिएर ठूलो रकम घोटाला गरेको अभियोगमा दोषी पाइएका एक नेपालीलाई दुई वर्षभन्दा बढीको जेल सजाय सुनाइएको छ ।
हयारो क्राउन कोर्टले मार्खर ट्रेडर्स लिमिटेडका निर्देशक तेजबहादुर गुरुङलाई छुट्टी मनाउन जाने २८ जना व्यक्ति (होलिडे मेकर) बाट ७० हजार पाउण्ड (झण्डै एक करोड रुपैंया) घोटाला गरेको अभियोगमा २५ महिनाको जेल सजाय सुनाएको हो ।
स्थानीय ह्यारो टाइम्स समाचारपत्रका अनुसार गुरुङलाई २५ महिना लामो जेल सजाय र दश वर्षसम्म कुनै पनि कम्पनीको निर्देशक बन्न अयोग्य हुने आदेश पनि दिइएको छ ।
ब्रेन्ट एण्ड ह्यारो ट्रेडिङ स्टान्डर्डस भन्ने निकायले साउथ ह्यारोमा बसोबास गर्ने भूतपूर्व गोर्खा सैनिक गुरुङले छुट्टी मनाउन जाने व्यक्तिहरुलाई अन्तिम समयमा वायुसेवा कम्पनीले उडान रद्द गरेको जानकारी दिएर नयाँ बुकिङ गर्न वाध्य बनाउने गरेको पत्ता लगाएको थियो । उनले अरु कैयौं मानिसहरुसंग त्यसरी नै धोखाधडी गरेको हुन सक्ने पनि सो निकायले बताएको छ ।
गुरुङले बयान दिंदा आफू दोषी भएको स्वीकारेका थिए । गुरुङ सोंपाल समाज यूकेका उपाध्यक्ष पनि भएको बताइएको छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान