मंगलबार, मंसिर ९ २०७७ | Tue, November 24, 2020
नेपालको समय: १५:३१ | UK Time: 09:46

लण्डनमा रेलको ठक्करबाट तीनको मृत्यु

रासस/सिन्ह्वा
२०७५ असार ४ गते १७:२२

ब्रिटिश ट्रान्सपोर्ट पुलिस घट्नाबारे जानकारी दिंदै

लन्डन, ४ असार – लण्डनको दक्षिणी क्षेत्र लागबरोमा एक रेलको ठक्करबाट कम्तीमा तीन जनाको मृत्यु भएको बेलायती यातायात प्रहरीले सोमबार जनाएको छ ।

उक्त स्थानमा मृत शरीर भेटिएपछि स्थानीयद्वारा यातायात प्रहरीहरूलाई बोलाइएको थियो ।

‘मेरो समूहले अहिले रेलको ठक्करले मृत्यु भएका भनिएका मानिसको मृत्युबारे अनुसन्धान गरिरहेको छ, छिट्टै यसबारे सत्यतथ्य बाहिर ल्याइने छ’- यातायात प्रहरीका अनुसन्धान अधिकारी ग्रे रिचार्डसनले भने ।

दुर्घटनाबारे छानवीन जारी रहंदा शहरी क्षेत्रबाट बाहिरिने र भित्रिने रेल सेवा केही समय अवरुद्ध भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक