लन्डन । तमुधिं यूकेले दशौं नेपाली मेला भव्य रुपमा सफल बनाउन लन्डनस्थित नेपाली दूतावाससंग छलफल गरेको छ । तमुधिं यूके पदाधिकारीले मेला सफल बनाउने सम्वन्धमा शुक्रबार राजदूत डा. दुर्गाबहादुर सुवेदी, उपनियोग प्रमुख शरदराज आरण, थर्ड सेक्रेटरी तेजेन्द्र रेग्मी लगायतसंग गहन र रणनीतिक छलफल गरेको हो ।
नेपाली कला संस्कृति झल्कने रंगीन उक्त मेला विगत वर्षकै भेन्यू केम्पटन पार्क रेसकोर्समा अगष्ट २६, २०१८ का दिन हुंदैछ । मेलामा दूतावासको पनि सहकार्य हुनेछ । एम्बेसेडर कप दूतावासबाटै प्रायोजन भएको हो ।
बैठकमा राजदूत डा. दुर्गाबहादुर सुवेदीले मेला सफल बनाउन राजदूतावासका तर्फबाट भरपुर साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् । राजदूतले मेलाले नेपाली कला संस्कृति, भेषभुषाको संवर्धन, संरक्षण, प्रचार प्रसार, नेपालको पहिचान र पर्यटनलाई समेत टेवा पुरयाउने बताउंदै यसलाई दीर्घकालसम्म निरन्तरता दिन सुझाव दिएका थिए । ‘अन्य समुदायको कार्निभल जस्तै नेपाली मेलालाई बेलायतमा स्थापित गर्न आवश्यक छ, नयां पुस्ताले पनि यसबाट नेपालीपन र नेपालीमनको आभाष गर्न पाउनेछन्’- राजदूत डा. सुवेदीको भनाइ उधृत गर्दै तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले वीनेपालीलाई जानकारी दिए ।
दूतावासले नेपालीको घना वस्ती रहेको शहरका मेयर, काउन्सिलरहरु, नेपाललाई माया गर्ने विभिन्न देशका राजदूत मेलामा निम्त्याउन पहल गर्ने भएको छ ।
तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले उक्त मेलामा उत्साहजनक सहभागिताका लागि बेलायतस्थित समस्त नेपाली संघसंस्थालाई आव्हान गरेका छन् । उनले आयोजक तमुधिं यूके भएपनि सबै नेपाली, जातजाती, धर्म, वर्ग र समुदायको मेला भएको प्रष्टयाए । छलफलमा तमुधिं यूकेका उपाध्यक्षहरु हितकाजी गुरुङ (मेला संयोजक), नन्दजंग गुरुङ, महासचिव कृष्ण गुरुङ, मिडिया सेक्रेटरी रोहित गुरुङ, पूर्व अध्यक्षहरु मेजर रि. डमर घले, मुछेत्र गुरुङ, रामचन्द्र (सूर्जे) गुरुङ, कमल गुरुङ, सल्लाहकार एकेन्द्र गुरुङ, मेजर रि. कृष्ण गुरुङ, पत्रकारहरु पूर्ण गुरुङ, मिलन तमु लगायत सहभागी थिए । सहभागीले विभिन्न सुझाव सल्लाह पेश गर्दै मेलाले नेपालको चिनारी दिने हुंदा सफल बनाउन सबैको दायित्व भएको औंल्याएका थिए ।
उक्त मेलामा एम्बेसेडर कप, सांस्कृतिक झांकी प्रतियोगिता, ट्होटे पर्व, झांकी प्रदर्शन, राष्ट्रिय कलाकारहरुको गायन, नृत्य, ब्रिगेड व्याण्ड तथा युवा युवतीको विशेष सांगीतिक प्रस्तुति, नेपाली परिकार तथा उत्पादनका स्टलहरु, समर बीबीक्यू आदि आकर्षण हुने तमुधिं यूकेले जनाएको छ ।
तस्विर- मिलन तमु
बेलायतमा नेपाली विद्यार्थीहरूलाई समुदायद्वारा थप सहयोग गर्न आह्वान
बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्केर योगदान दिन नेपाली विद्यार्थीलाई कावा राजदूतको आग्रह
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
बेलायतमा बीसीसी यूकेले भव्यताका साथ मनायो २५७० औँ बुद्ध जयन्ती
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन