लण्डन, १ असार – स्टेफन हकिङ्गसको अस्तुलाई बेलायती वेस्ट मिनिस्टर आवेमा सेलाइएपछि उहाँले बेलायतका सुप्रसिद्ध वैज्ञानिकहरूको स्थान पाउनुहुने भएको छ । उहाँको अस्तुलाई चाल्स डार्विन र आइज्याक न्यूटनको समाधिको बीचमा राखिएको छ ।
दशकौँसम्म मोटर न्यूरोन रोगका कारण पक्षघातको पीडा भोगेका भौतिकशास्त्री हकिङ्गसको गत मार्च महिनामा ७६ वर्षको उमेरमा मृत्यु भएको थियो । उहाँको अस्तु सेलाउने कार्यक्रममा झण्डै एक हजार व्यक्तिको उपस्थिति रहेको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् ।
हकिङ्गसको अस्तु सेलाउने कार्यक्रममा बीबीसीको नाटकमा हकिङ्गसको भूमिका खेलेका नायक वेनेडिक्ट कमरब्याच र अन्तरिक्ष यात्री टिम पिकको पनि उपस्थिति थियो ।
अस्तु सेलाउने काम सकिएपछि भौतिकशास्त्री हकिङ्गसको शब्द तथा ग्रीक संगीतकार भानजेलिसको संगीतलाई स्पेनस्थित यूरोपियन स्पेस एजेन्सीबाट अन्तरिक्षमा गुञ्जायमान गराइएको छ ।
हकिङ्गसकी छोरी लुसीले समारोह शुरु गर्नुपूर्व दिएको प्रतिक्रियामा भन्नुभयो, ‘यूरोपियन स्पेस एजेन्सीबाट अन्तरिक्षमा गुञ्जायमान गराइने संगीतलाई अन्तरिक्षको ‘सवैभन्दा नजिकको ब्लाक होल १ ए ०६२०–००’ मा पुरयाइने कार्यक्रम छ ।
समारोहमा विश्वभरबाट मतदानमार्फत छनोट गरिएका एक हजार सर्वसाधारणसहितका पाहुनाहरू उपस्थित हुनेछन् ।
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा