लन्डन । नेपालको उच्च शिक्षामा नेपाली डायस्पोराको भूमिकाबारे क्यानडामा एक सम्मेलन हुने भएको छ । ग्लोवल पोलिसी फोरम फर नेपाल, ओटवास्थित नेपाली राजदूतावास, एनआरएनए क्यानडा, असोसिएसन अफ नेप्लिज इन द अमेरिकाज र क्यानडा फाउण्डेशन फर नेपालले संयुक्त रुपमा उक्त सम्मेलन गर्न लागेका हुन् ।
आगामी ७ जुलाई, २०१८ का दिन वाइक्लिफ कलेज, युनिभर्सिटी अफ टोरन्टोमा आयोजना हुने सम्मेलनमा क्यानडा, अमेरिका र युरोपका विज्ञहरुले नेपालको उच्च शिक्षामा डायस्पोराको भूमिकाबारे विभिन्न कार्यपत्र पेश गर्नेछन् ।
ग्लोवल पोलिसी फोरम फर नेपालका अनुसार सम्मेलनमा क्यानडाका लागि नेपाली राजदूत कालिप्रसाद पोखरेल, क्यानडाका संघीय सांसद डा. गेङग टान, बेलायतस्थित लिडस विश्वविद्यालयका प्रा. सूर्य सुवेदी, युनिभर्सिटी अफ न्यू ब्रन्सवीका प्राध्यापक बासु शर्मा, क्यालिफोर्निया स्टेट युनिभर्सिटीका प्राध्यापक जित जोशी, युनिभर्सिटी अफ रेजइनाका प्राध्यापक द्रोण रसाइली, युनिभर्सिटी अफ फ्लोरिडाका प्राध्यापक शिव गौतम र युनिभर्सिटी अफ कनेक्टिकटका प्राध्यापक डा. विद्या रन्जितले मन्तव्य दिनेछन्।
ग्लोवल पोलिसी फोरम फर नेपालका अध्यक्ष प्रा. सूर्य सुवेदीले नेपालको उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि डायष्पोरामा रहेका नेपाली विज्ञहरुले अनुसन्धान, व्यवस्थापन, पाठ्यक्रम विकास र दूर शिक्षामा कसरी सहयोग गर्न सक्छन् भन्ने सम्वन्धमा सम्मेलनमा छलफल हुने बताए । उक्त सम्मेलनको आयोजक कमिटीमा डा. अम्बिकाप्रसाद अधिकारी, डा. तुलसी धरेल, डा. गोविन्द दाहाल, नवराज गुरुङ र गोपीकृष्ण काफ्ले छन् ।
यसअघि ग्लोवल पोलिसी फोरम फर नेपालले काठमाडौं तथा ब्रिटेनको लिभरपुलमा पनि अन्तर्राष्ट्रिय सम्मेलनहरु आयोजना गरेको थियो ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे