धादिङ नुवाकोट समाज यूकेको ११ औं वार्षिक साधारणसभा

लन्डन । धादिङ र नुवाकोटबाट बेलायत आई बसोबास गरिरहेका नेपालीहरुको साझा संस्था धादिङ नुवाकोट समाज यूकेको ११ औं वार्षिक साधारणसभा आइतबार अल्डरसट स्थित गोर्खा किचनमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सीबी तामाङको अध्यक्षतामा सम्पन्न सो साधारणसभा महासचिव धन बहादुर पाख्रिनले सञ्चालन गरेका थिए ।

धादिङ, नुवाकोट, रसुवा क्षेत्रको मौलिक संस्कृतिलाई प्रवासमा समेत संरक्षण र संवर्धन गर्ने अभिप्रायले सन् २०११ देखि अस्तित्वमा रहेपनि विगत २ महिना अघिमात्र संस्थागत आकार दिइएको ‘मेन्दोमायां परिवार’ का संस्थापक अध्यक्ष हरिसिं गुरुङ तथा महासचिव बम ब्लदेनलाई स्वागत तथा सम्मानपछि शुरु भएको कार्यक्रममा उपाध्यक्ष देबी रानी गुरुङले स्वागत मन्तब्य दिइन् ।

महासचिव धन पाख्रिनले विगत वर्षमा भए गरेका क्रियाकलापहरुको विस्तृत प्रतिबेदन र कोषाध्यक्ष दीप बहादुर गुरुङले संस्थाको आयब्यय प्रस्तुत गरे । ब्यापक छलफल पश्वात हलले सर्वसम्मतिले प्रगति प्रतिबेदन तथा आर्थिक प्रतिबेदन पास भएको थियो ।

अध्यक्ष सीबी तामाङले संस्थाले अल्पकालिन तथा दीर्घकालिन रुपमा लिनु पर्ने कार्यदिशाबारे संस्थागत उद्देश्य, लक्ष्य, कार्यदिशा र योजनाहरु प्रस्तुत गरेका थिए ।

च्यारिटी दर्ता संयोजक कृष्ण प्रसाद तिमिल्सिनाले दर्ता प्रकृयाको बारेमा हाल सम्म भए गरेका प्रगति प्रतिबेदन प्रस्तुत गर्दै सभामा उठेका जिज्ञासाहरुको जवाफ दिएका थिए ।

संस्थाका संस्थापक अध्यक्ष नारायण गुरुङ, पूर्व अध्यक्ष राम बहादुर गुरुङ, निवर्तमान अध्यक्ष बम ब्लदेन, सल्लाहकारत्रय रामशरण सिम्खडा, मेजर (रि) विष्णु घले र मोतीमान बज्राचार्यले संस्थाको भावी कार्यक्रमबारे आ आफ्ना 
धारणा राखेका थिए ।

आगामी ११ अगष्टमा हयारो फुटबल क्लबमा हुन गइरहेको ‘वार्षिक समर भेटघाट’ भव्यरुपमा सम्पन्न गर्न विभिन्न उपसमिति निर्माण गर्दै साधारण सभा समापन गरिएको थियो ।

कार्यक्रमको दोश्रो सत्रमा नेपाली ओपन कन्सर्टका लागि मगर संघ यूकेको निमन्त्रणामा बेलायत आएकी इन्द्रेणी 
सांस्कृतिक परिवारकी कार्यक्रम सञ्चालिका तथा धादिङकी राष्ट्रिय लोक तथा दोहोरी गायिका मीना लामालाई संस्थाका अध्यक्ष सीबी तामाङ, पूर्व अध्यक्षहरु नारायण गुरुङ, राम बहादुर गुरुङ तथा मेन्दोमाया परिवारको तर्फबाट अध्यक्ष हरि सिं गुरुङले खादा, प्रमाणपत्र तथा नगदले सम्मान गरे । सम्मान प्रदान गर्दै अग्रजहरुले नेपाली कला संस्कृति र जिल्लाको समेत पहिचान उंचो राख्न कलाकार लामालाई शुभकामना दिएका थिए ।

सम्मानित कलाकार लामाले भावविभोर हुंदै सम्मान र 
मायांलाई सधैं शिरमा राखेर जिल्लावासीको भावनाको कदर गरिरहने प्रतिज्ञा गरिन् ।

स्मरणरहोस्, धादिङ र नुवाकोट दुई जिल्ला समेटेर बनाइएको उक्त संस्था विगत ११ वर्षदेखि बेलायतमा विभिन्न सामाजिक कार्यमा क्रियाशिल छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री