लण्डन । क्षेत्री समाज यूकेले आगामी २८ जुलाई शनिबार वार्षिक समर भेटघाट (गेट टुगेदर) गर्ने भएको छ । कार्यक्रम अल्डरसटको कन्नट स्कूलमा हुने समाजका महासचिव कुमार केसीले बताए ।
कार्यक्रम संयोजनको जिम्मेवारी उपाध्यक्ष यज्ञ क्षेत्रीलाई प्रदान गरिएको छ । समाजसंग प्रत्यक्ष अप्रत्यक्ष जोडिएका बेलायतवासी क्षेत्री समुदायका सदस्यहरुको उपस्थिति रहने उक्त कार्यक्रममा खस क्षेत्रीहरुको संस्कृति झल्किने विविध सांस्कृतिक प्रस्तुति, ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको गायन, नृत्य साथै अन्य रोचक खेल रहने कार्यक्रम संयोजक क्षेत्रीले जनाए ।
बेलायतका लागी नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथी रहने कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान गर्न आयोजकहरूसंग समय मिलाउने पहल समेत भइरहेको संयोजक क्षेत्रीले जानकारी दिए ।
क्षेत्री समाज यूके विगत केहि वर्ष देखि विभिन्न सामाजिक कृयाकलापमा संलग्न हुंदै आएको छ । मेरी क्षेत्रीको दु:खद निधनमा परिवारलाई सहयोग होस् या कलाकार दीपक क्षेत्रीको ज्यान बचाउने काममा, चाहे पप सम्राट ओम बिक्रम बिष्टको स्वास्थ उपचार र बाग्लुङकी शान्ति अधिकारीको दुवै मृगौला प्रत्यारोपणमा सहयोग होस्, संस्थाले अग्रणी भूमिका निर्वाह गरिरहेको समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले जनाए ।
गत वर्ष जनवरीमा आपत्कालिन राहतकोष संकलनार्थ आयोजित च्यारिटीमा १६ लाख रुपैया संकलन गरिएको थियो ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी