लन्डन । गैर आवासीय नेपाली संघको लक्जम्बर्गमा अर्को महिना हुन गइरहेको युरोपस्तरिय क्षेत्रीय भेलाका लागि गठित मिडिया समिति विवादमा तानिएको छ ।
नेपाल पत्रकार महासंघ युरोप शाखाले उक्त मिडिया समितिमा शाखालाई पुरै वेवास्ता गरिएको भन्दै घोर आपत्ति प्रकट गरेको छ ।
शाखा अध्यक्ष केजिन राई र महासचिव योगेन्द्रमिलन छन्त्यालले एक विज्ञप्ति प्रकाशित गर्दै समिति पुनर्गठनको माग सहित त्यसलाई यथावत राखिए एनआरएनएलाई नै वहिष्कार गर्ने चेतावनी समेत दिएका छन् ।
‘एनआरएनएले आफूलाई सबै गैर आवासीय नेपालीहरुको साझा संस्था भनेर दावी गरिरहंदा यो संस्था व्यवहारत केही व्यक्तिको रवाफ र दवावमा मात्रै चल्ने र उनीहरुका आसेपासेहरुलाई मात्रै खल्तीमा हालेर आफ्नो गुनगान गाउन लगाउने प्रवृत्ति जारी छ’, विज्ञप्तिमा उल्लेख छ, ‘यस प्रकारको प्रवृत्तिको अन्त्य नभएसम्म गैर आवासीय नेपाली संघ सबै गैर आवासीय नेपालीहरुको साझा संस्था हुनै सक्दैन ।’
गैरआवासीय नेपाली संघको युरोप क्षेत्रीय तयारी समितिको हालै सम्पन्न बैठकले चिरन शर्माको संयोजकत्वमा समिति गठन गरिएको बताइएको थियो । जुलाई २९ र ३० तारिख लग्जेम्वर्गमा हुने ११ औं क्षेत्रीय सम्मेलनको प्रचारप्रसार र सम्मेलनपछि विशेष सोभिनियर (सम्मेलन विशेषांक) प्रकाशन गर्न सो समिति गठन गरिएको एनआरएनए युरोप क्षेत्रीय संयोजक शिव बरुवालको भनाइ उधृत गर्दै समाचार आएका थिए ।
विज्ञप्ति यस्तो छ
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने