लन्डन । तमु समाज युकेले बेलायत भ्रमणमा आएका माननीय जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ ।
समाजले प्रतिनिधि सभाका सदस्यद्वय माननीय लालकाजी गुरुङ, माननीय पदम गिरी र प्रदेशसभा सदस्य माननीय ललितकला गुरुङलाई स्वागत तथा सम्मान गरेको हो । लण्डनको वेम्बलीस्थित समाजको नेपलिज कम्युनिटी सेन्टरमा ६ जुन २०१८ का दिन कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी तथा उनकी धर्मपत्नी गंगा गुरुङ जोशी र जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ललाई पनि स्वागत तथा सम्मान गरिएको थियो ।
तमु समाज युकेका अध्यक्ष शिवचन्द्र गरुङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिद्वय प्रतिनिधि सभाका सदस्य गुरुङ, गिरी, प्रदेश सभा सदस्य गुरुङ, कुस्मा नगरपालिकाका मेयर जोशी तथा उनकी धर्मपत्नि र जलजला गाउँपालिकाका अध्यक्ष मल्ललाई समाजका अध्यक्ष गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष बिन्दु घले र आमा समूहकी निबर्तमान अध्यक्ष माया गुरुङले खादा, पुष्पगुच्छा, दोसल्ला र मायाको चिनोस्वरुप समाजको ‘प्लेक’ प्रदान गरि स्वागत तथा सम्मान गरेका थिए ।
कार्यक्रममा तमु समाज युकेका पूर्व अध्यक्ष शिवशरण गुरुङले संस्थाको बारेमा जानकारी गराउंदै स्वागत मन्तब्य राखेका थिए भने संचालक निरज गुरुङले सबै अतिथिहरुको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए ।
कार्यक्रममा ‘हेल्थ एण्ड सेफ्टी’ बारे कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष शिवकुमार गुरुङले जानकारी दिए र धन्यबाद मन्तब्य समाजका अध्यक्ष शिवचन्द्र गुरुङले राखेका थिए ।
कार्यक्रममा उपस्थित तमु समाज यकेका पूर्व अध्यक्ष शिवशरण गुरुङ, निबर्तमान अध्यक्ष अर्जुनकुमार गुरुङ लगायत सल्लाहकारहरु, कार्यसमितिका बिभिन्न पदाधिकारी, अमा समूह, आजिवन सदस्यहरु, तनहुँ समाज युकेका अध्यक्ष लेखबहादुर गुरुङले पनि खादा लगाई सबै अथितिगणहरुको स्वागत तथा सम्मान गरे ।
अतिथिहरुले तमु समाज युकेले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सहभागी हुन पाउंदा खुशी ब्यक्त गर्दै समाजलाई आभार ब्यक्त गरेका थिए ।
मन्तब्य राख्ने क्रममा सबै अतिथिले नेपालको बर्तमान राजनैतिक अवस्था र समसामयिक बिषयबस्तुबारे जानकारी गराउंदै ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा सहभागी बनि सहयोग गर्न बेलायतबासी नेपालीहरुलाई आग्रह गरेका थिए ।
औपचारिक कार्यक्रम समापनपछि अतिथिगण तथा अन्य सहभागी रात्रीभोजमा सरिक भएका थिए ।
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
मध्यपूर्वमा तनाव उत्कर्षमा : बेलायत, फ्रान्स, जर्मनी र साउदी अरेबियाद्वारा तत्काल तनाव कम गर्न आग्रह
लाहुरेको गाउँ रुम्सी हेर्न भिलेज सफारी’मा सरर आउने होइन त ?
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब