लन्डन । केही वर्ष यता अस्वस्थ्य साहित्यकार हरिबिभोर कार्कीलाई अल्डरसटस्थित घरैमा गएर अवार्ड प्रदान गरिएको छ ।
नेपाली साहित्य विकास परिषद यूकेले गत सोमबार ‘एनएलडिसी स्वर्णपदक-दोश्रो’ प्रदान गरेको हो । उक्त अवार्ड पांच तोला चांदी र आधा तोला २४ क्यारेट सुनमा बनेको छ ।
विगत चार दशक भन्दा बढि समय देखि बेलायतमा रहि समाजसेवा साथै साहित्यकर्ममा संलग्न कार्कीलाई नेपाली भाषा साहित्यको श्रीवृद्धिमा पुरयाएको उल्लेखनीय योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको परिषदले जनाएको छ ।
अल्डरसटस्थित कार्कीको निवासमा पुगि परिषदका नव निर्वाचित अध्यक्ष कवि कोमल प्रसाद श्रेष्ठ मल्लले कार्कीलाई पदक प्रदान गरे ।
सो अवसरमा परिषदका पूर्व अध्यक्ष तथा सल्लाहकार कवि हरिसिंह थापा, उपाध्यक्ष वाचस्पति रेग्मी, महासचिव वीरेन्द्र कुंवर र श्रीमती मिरा कार्कीको उपस्थिति थियो ।
पुरस्कार सुशोभन गर्दै अध्यक्ष मल्लले कवि कार्कीको साहित्य सेवा र सृजनाको सरहाना गरे । उनले कार्कीलाई समस्त साहित्यकारहरुका तर्फबाट वधाई समेत दिए । अस्वस्थ भएका कारण कवि कार्की केही महिनाअघि लन्डनमा सम्पन्न सुशोभन समारोहमा उपस्थित हुन सकेका थिएनन् ।
कार्की नेपाली साहित्य विकास परिषदको स्थापनाकाल सन् १९९५ देखि नै परिषदमा आवद्ध थिए । कार्कीका तीन कृति प्रकाशित छन् भने थुप्रै फुट्कर कविता र लेख विभिन्न पत्रिकामा प्रकाशित भएका छन् ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे