लन्डन । ग्रेटर रसमोर नेपाली कम्युनिटीले ९ जुन २०१८ शनिबारको दिन बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको जन्म दिन (भिक्टोरिया डे) मनाउने भएको छ ।
कम्युनिटीको सक्रिय पहलमा स्थानिय काउन्सिल एवं ब्रिटिश समुदायसंग प्रत्यक्ष रुपमा साझेदारीसहित सबैजसो नेपाली सम्बद्ध संघ संस्थाको सहभागितामा भिक्टोरिया डे मनाइने अध्यक्ष जीव बेलबासेले बताए ।
उपाध्यक्ष नेम थापा संयोजक रहेको उक्त कार्यक्रममा नौमती बाजाको रौनक, नेपाली नरनारीहरुको नाच, विभिन्न धर्म, जाति एवं संस्कार सम्वद्ध संस्कृति झल्कने पहिरनसहित, करिब दुईसयभन्दा बढी परेडमा र करिब तीन हजारभन्दा बढी नेपाली समुदायको सहभागिता रहने बताइएको छ ।
गत वर्ष झैं यस वर्ष पनि कार्यक्रममा नेपाली संघसंस्थाको आ आफ्नो संस्कार झल्कने पोशाकसहित उल्लेख्य सहभागिता रहने वरिष्ठ उपाध्यक्ष राम धन राईले बताए ।
बिहान ११.०० देखि सुरु हुने भएपनि कार्यक्रमको परेड तयारीका लागि १० बजे नै प्रिन्सेस हल कार पार्कमा उपस्थित भई दिन परेड संयोजक बीर बलालले अनुरोध गरेका छन् ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै