लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटीले आगामी ९ जुनमा ‘भिक्टोरिया डे’ मनाउने भएको छ । कम्युनिटीले यस वर्ष पनि शनिबार बेलायतकी महारानी एलिजावेथ द्वितीयको जन्म दिन (भिक्टोरिया डे) विशेष कार्यक्रम गरि मनाउन लागेको हो । कम्युनिटीको सक्रिय पहलमा स्थानीय काउन्सिल एवं ब्रिटिश समुदायसंग प्रत्यक्ष साझेदारी र सहकार्य गरि भिक्टोरिया डे मनाइने अध्यक्ष जीव बेल्बासेले बताए । उक्त कार्यक्रममा बेलायतका सबैजसो नेपाली संघ-संस्थालाई आमन्त्रण गरिएको छ । कम्युनिटीले उक्त ऐतिहासिक कार्यक्रम सफल तुल्याउन समस्त नेपाली समुदायसमक्ष अनुरोध गरेको छ ।
उपाध्यक्ष नेम थापा संयोजक रहेको उक्त कार्यक्रममा नौमती बाजाको रौनक र नेपाली नाच आकर्षण रहनेछन् । विभिन्न धर्म, जात जाती एवं संस्कार भएका समुदायको संस्कृति झल्कने पहिरन सहित करिब दुईसय भन्दा बढि नागरिक परेडमा सहभागी हुने र सडकमा तीन हजार भन्दा बढि स्वागतका लागि लामवद्ध हुने आशा गरिएको छ ।
गत वर्ष झैं यस वर्ष पनि कार्यक्रममा मगर संघ यूके, तमुधिं यूके, मद्दत समूह, बिसीसी यूके, किरात राई यायोख्खा, याक्थुङ्ग चुम्लुङ्ग, साइ सेन्टर फानब्रो, क्षेत्री समाज यूके, किरात सुनुवार सेवा समाज यूके, शिव कल्चर एण्ड कम्युनिटी सेन्टर, थकाली समाज यूके, गेसो, नया युवा, तमुधिं आमा समूह, पेलु संघ लगायतका संस्थाहरुको उत्साहजनक सहभागिता रहने वरिष्ठ उपाध्यक्ष राम धन राईले जनाए ।
बिहान ११.०० बजे देखि सुरु हुने भए पनि कार्यक्रममा सहभागीलाई परेड तयारीका लागि १० बजे नै प्रिन्सेस हल कार पार्कमा उपस्थित भइदिन परेड संयोजक बीर बलालले अनुरोध गरेका छन् ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा