लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटीले आगामी ९ जुनमा ‘भिक्टोरिया डे’ मनाउने भएको छ । कम्युनिटीले यस वर्ष पनि शनिबार बेलायतकी महारानी एलिजावेथ द्वितीयको जन्म दिन (भिक्टोरिया डे) विशेष कार्यक्रम गरि मनाउन लागेको हो । कम्युनिटीको सक्रिय पहलमा स्थानीय काउन्सिल एवं ब्रिटिश समुदायसंग प्रत्यक्ष साझेदारी र सहकार्य गरि भिक्टोरिया डे मनाइने अध्यक्ष जीव बेल्बासेले बताए । उक्त कार्यक्रममा बेलायतका सबैजसो नेपाली संघ-संस्थालाई आमन्त्रण गरिएको छ । कम्युनिटीले उक्त ऐतिहासिक कार्यक्रम सफल तुल्याउन समस्त नेपाली समुदायसमक्ष अनुरोध गरेको छ ।
उपाध्यक्ष नेम थापा संयोजक रहेको उक्त कार्यक्रममा नौमती बाजाको रौनक र नेपाली नाच आकर्षण रहनेछन् । विभिन्न धर्म, जात जाती एवं संस्कार भएका समुदायको संस्कृति झल्कने पहिरन सहित करिब दुईसय भन्दा बढि नागरिक परेडमा सहभागी हुने र सडकमा तीन हजार भन्दा बढि स्वागतका लागि लामवद्ध हुने आशा गरिएको छ ।
गत वर्ष झैं यस वर्ष पनि कार्यक्रममा मगर संघ यूके, तमुधिं यूके, मद्दत समूह, बिसीसी यूके, किरात राई यायोख्खा, याक्थुङ्ग चुम्लुङ्ग, साइ सेन्टर फानब्रो, क्षेत्री समाज यूके, किरात सुनुवार सेवा समाज यूके, शिव कल्चर एण्ड कम्युनिटी सेन्टर, थकाली समाज यूके, गेसो, नया युवा, तमुधिं आमा समूह, पेलु संघ लगायतका संस्थाहरुको उत्साहजनक सहभागिता रहने वरिष्ठ उपाध्यक्ष राम धन राईले जनाए ।
बिहान ११.०० बजे देखि सुरु हुने भए पनि कार्यक्रममा सहभागीलाई परेड तयारीका लागि १० बजे नै प्रिन्सेस हल कार पार्कमा उपस्थित भइदिन परेड संयोजक बीर बलालले अनुरोध गरेका छन् ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे