लन्डन । फार्नब्रोको फार्नब्रो फुटबल क्लव मैदानमा यही शनिबार (जुन ९ तारिख) हुने नेपाली ओपन कन्सर्टमा नेपाल आइडलमा चम्किएका नवगायक सागर आले आउने भएका छन् ।
कन्सर्ट आयोजक मगर संघ युकेले शनिबार एक पत्रकार सम्मेलन गरी सो कन्सर्टमा आउने कलाकारहरुको टुंगो लागिसकेको जानकारी गराएको छ । संघका अध्यक्ष नेम थापाका अनुसार सो ओपन कन्सर्टमा सागर आले, लोकगायिका प्रीती आले, लोकगायक विमलराज क्षेत्री, इन्द्रेणी कार्यक्रमकी सञ्चालक समेत रहेकी गायिका मीना लामाको भिसा स्वीकृत भइसकेको छ । अर्का गायक एवं सञ्चारकर्मी पदम थापाको पनि सोमबार भिसा टुंगो लाग्ने उनले बताए ।
सन् २००७ मा शुरु भएको सो ओपन कन्सर्ट गत वर्षदेखि फार्नब्रो फुटबल क्लवमा हुने गरेको छ । सो क्लवमा करिब ५ हजार दर्शकलाई पानी परे पनि ओत लाग्न मिल्ने सिट क्षमता रहेको संयोजक बम थापा सूर्यवंशीले बताए । त्यसैगरी कार पार्ककका लागि क्लवकै कारपार्क र सिक्स्थ फर्म कलेजको कार पार्कको ब्यवस्था गरिएको उनले बताए ।
कार्यक्रममा करिब ३ देखि ५ हजार दर्शक आउने आयोजकको अनुमान छ । कन्सर्टका लागि जुनियर र सिनियर सिटिजनका लागि १० पाउण्ड, अग्रिम बुकिङमा १२ पाउण्ड र सोही दिन किन्दा १५ पाउण्ड तोकिएको छ ।
कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष तथा मगर संघ युकेका वरिष्ठ उपाध्यक्ष योगकुमार फगामीले गतवर्षको अनुभवलाई ख्याल गरी यसपटक दर्शकहरुको सुविधाका लागि धेरै परिमार्जन गरिएको बताए । ‘म्यूजिक फर युनिटी’ को अवधारणामा सबै नेपालीलाई जोड्ने र मनोरञ्जन दिलाउने सो कन्सर्टको उद्देश्य रहेको उनले प्रष्ट गरे ।
एनआरएनए युकेका उपाध्यक्ष प्रेम गाहाले सो दिनको टिकट विक्री तथा स्टलका बारेमा जानकारी दिएका थिए । उनले उपलब्ध प्रविधिलाई प्रयोग गरी सजिलो र छरितो प्रवेशको व्यवस्था गरिएको बताए ।
कार्यक्रमकी सहसंयोजक सीता पुनले प्रेस विज्ञप्ति वाचन गरेकी थिइन् भने संघका पदाधिकारीहरु तथा गायक विमलराज क्षेत्रीले पत्रकारहरुको जिज्ञासाको जवाफ दिएका थिए ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा