लन्डन । फार्नब्रोको फार्नब्रो फुटबल क्लव मैदानमा यही शनिबार (जुन ९ तारिख) हुने नेपाली ओपन कन्सर्टमा नेपाल आइडलमा चम्किएका नवगायक सागर आले आउने भएका छन् ।
कन्सर्ट आयोजक मगर संघ युकेले शनिबार एक पत्रकार सम्मेलन गरी सो कन्सर्टमा आउने कलाकारहरुको टुंगो लागिसकेको जानकारी गराएको छ । संघका अध्यक्ष नेम थापाका अनुसार सो ओपन कन्सर्टमा सागर आले, लोकगायिका प्रीती आले, लोकगायक विमलराज क्षेत्री, इन्द्रेणी कार्यक्रमकी सञ्चालक समेत रहेकी गायिका मीना लामाको भिसा स्वीकृत भइसकेको छ । अर्का गायक एवं सञ्चारकर्मी पदम थापाको पनि सोमबार भिसा टुंगो लाग्ने उनले बताए ।
सन् २००७ मा शुरु भएको सो ओपन कन्सर्ट गत वर्षदेखि फार्नब्रो फुटबल क्लवमा हुने गरेको छ । सो क्लवमा करिब ५ हजार दर्शकलाई पानी परे पनि ओत लाग्न मिल्ने सिट क्षमता रहेको संयोजक बम थापा सूर्यवंशीले बताए । त्यसैगरी कार पार्ककका लागि क्लवकै कारपार्क र सिक्स्थ फर्म कलेजको कार पार्कको ब्यवस्था गरिएको उनले बताए ।
कार्यक्रममा करिब ३ देखि ५ हजार दर्शक आउने आयोजकको अनुमान छ । कन्सर्टका लागि जुनियर र सिनियर सिटिजनका लागि १० पाउण्ड, अग्रिम बुकिङमा १२ पाउण्ड र सोही दिन किन्दा १५ पाउण्ड तोकिएको छ ।
कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष तथा मगर संघ युकेका वरिष्ठ उपाध्यक्ष योगकुमार फगामीले गतवर्षको अनुभवलाई ख्याल गरी यसपटक दर्शकहरुको सुविधाका लागि धेरै परिमार्जन गरिएको बताए । ‘म्यूजिक फर युनिटी’ को अवधारणामा सबै नेपालीलाई जोड्ने र मनोरञ्जन दिलाउने सो कन्सर्टको उद्देश्य रहेको उनले प्रष्ट गरे ।
एनआरएनए युकेका उपाध्यक्ष प्रेम गाहाले सो दिनको टिकट विक्री तथा स्टलका बारेमा जानकारी दिएका थिए । उनले उपलब्ध प्रविधिलाई प्रयोग गरी सजिलो र छरितो प्रवेशको व्यवस्था गरिएको बताए ।
कार्यक्रमकी सहसंयोजक सीता पुनले प्रेस विज्ञप्ति वाचन गरेकी थिइन् भने संघका पदाधिकारीहरु तथा गायक विमलराज क्षेत्रीले पत्रकारहरुको जिज्ञासाको जवाफ दिएका थिए ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा