लन्डन । अन्तर्राष्ट्रिय पर्वत समाजले करोड उठाउने लक्ष्यसहित अल्डरसटमा गर्न लागेको च्यारिटीमा आतिथ्य ग्रहण गर्न पर्वते सांसदहरु लन्डन आइपुगेका छन् । पर्वत जिल्लाका सांसदहरु लालकाजी गुरुङ, पदम गिरी, ललितकला गुरुङ (प्रदेश सांसद), कुष्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी र जलजला गाउंपालिकाका अध्यक्ष रामकृष्ण मल्ल शुक्रबार सांझ लन्डन उत्रिएका हुन् ।
पाहुनाहरुको स्वागतका लागि अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, प्रमुख संरक्षक हितकाजी गुरुङ, एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्य, पर्वत वेलफेयर सोसाइटी यूकेका अध्यक्ष दधि आचार्य, महासचिव तथा केन्द्रिय कोषाध्यक्ष भरत पौडेल, जुहारीलाल गुरुङ, युवराज गुरुङ लगायत दुई दर्जन विमानस्थल पुगेका थिए ।
पर्वत वेलफेयर सोसाइटी यूकेले नेपालबाट आएका जनप्रतिनिधि र अन्य देशका पाहुनाहरुको स्वागतका लागि आज सांझ अल्डरसटमा एक रात्री भोज राखेको अध्यक्ष दधि आचार्यले जनाए ।
आइतबार एम्पायर हलमा गर्न लागिएको च्यारिटीका लागि नेपाल, बेल्जियम, स्वीडेन, दुबइ लगायत देशबाट अतिथीहरु आउने क्रम शुरु भइसकेको छ ।
अन्तर्राष्ट्रिय पर्वत समाजले पर्वत जिल्लामा स्वास्थ्य क्षेत्रसंग सम्वन्धित विशेष कल्याणकारी प्रोजेक्ट सञ्चालन गर्ने उद्देश्य राखेर च्यारिटी गर्न लागेको हो ।
तस्विर- मिलन तमु
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह