लन्डन । अन्तर्राष्ट्रिय पर्वत समाजले करोड उठाउने लक्ष्यसहित अल्डरसटमा गर्न लागेको च्यारिटीमा आतिथ्य ग्रहण गर्न पर्वते सांसदहरु लन्डन आइपुगेका छन् । पर्वत जिल्लाका सांसदहरु लालकाजी गुरुङ, पदम गिरी, ललितकला गुरुङ (प्रदेश सांसद), कुष्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी र जलजला गाउंपालिकाका अध्यक्ष रामकृष्ण मल्ल शुक्रबार सांझ लन्डन उत्रिएका हुन् ।
पाहुनाहरुको स्वागतका लागि अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, प्रमुख संरक्षक हितकाजी गुरुङ, एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्य, पर्वत वेलफेयर सोसाइटी यूकेका अध्यक्ष दधि आचार्य, महासचिव तथा केन्द्रिय कोषाध्यक्ष भरत पौडेल, जुहारीलाल गुरुङ, युवराज गुरुङ लगायत दुई दर्जन विमानस्थल पुगेका थिए ।
पर्वत वेलफेयर सोसाइटी यूकेले नेपालबाट आएका जनप्रतिनिधि र अन्य देशका पाहुनाहरुको स्वागतका लागि आज सांझ अल्डरसटमा एक रात्री भोज राखेको अध्यक्ष दधि आचार्यले जनाए ।
आइतबार एम्पायर हलमा गर्न लागिएको च्यारिटीका लागि नेपाल, बेल्जियम, स्वीडेन, दुबइ लगायत देशबाट अतिथीहरु आउने क्रम शुरु भइसकेको छ ।
अन्तर्राष्ट्रिय पर्वत समाजले पर्वत जिल्लामा स्वास्थ्य क्षेत्रसंग सम्वन्धित विशेष कल्याणकारी प्रोजेक्ट सञ्चालन गर्ने उद्देश्य राखेर च्यारिटी गर्न लागेको हो ।
तस्विर- मिलन तमु
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय