लन्डन । गुरुङ समुदायमा प्रचलित पुरानो चलन भारा (गुन) तिर्ने परम्परालाई कथावस्तु बनाएर बनाइएको गुरुङ फिल्म ‘शिरमाह्रानी’ बेलायतमा प्रदर्शन गरिएको छ । हालै बेलायतको अल्डरसटस्थित एम्पायर हलमा फिल्म प्रदर्शन गरिएको हो ।
तमु पेल्यु संघ युकेका अध्यक्ष मेजर खुशीमान गुरुङ, तमुधिंका युके अध्यक्ष ज्ञाम गुरुङ, पैंयु खोला तमु समाज युकेका वरिष्ठ सल्लाहकारहरु मेजर इन्द्र प्रसाद गुरुङ र क्याप्टेन डेम बहादुर गुरुङ र बाच्छाली तमु परिवार युकेका सल्लाहकार क्याप्टेन भुवन सिंह गुरुङले संयुक्त रुपमा फिल्म प्रदर्शनीको उद्घाटन गरेका थिए ।
कार्यक्रममा गुरुङ साथै अन्य समुदायका दर्शकहरुको समेत उल्लेख्य सहभागिता थियो । फिल्मलाई अन्य भाषीहरुले हेर्न सकिने गरि नेपालीमा सवटाइटल राखिएको छ ।
पर्वतको बिहादी गाउँपालिकाको बाच्छा गाउँ, देउराली र केही सिन पोखरामा छायांकन गरिएको उक्त फिल्म गुरुङ भाषा र संस्कार संस्कृतिमा आधारित रहेको फिल्मका निर्माता हुम गुरुङले बताए ।
फिल्ममा दर्शन गुरुङ, सिमरन गुरुङ, खेमराज घले, तीव्रता गुरुङ, प्रीति गुरुङलगायतले अभिनय गरेका छन् । कमल गुरुङ र हुमबहादुर गुरुङको कथामा मनोज गुरुङले लेखन दिर्नेशन गरी फिल्म तयार पारेका हुन् । मुक्तिमनोज फिल्मको तेस्रो प्रस्तुतिको फिल्म ‘शिरमाह्रानी’ मा मनोज गुरुङ र हुमबहादुर गुरुङको गीतमा मनोज आफैंले संगीत भरेका छन् ।
फिल्म छायांकन खिमबहादुर गुरुङले गरेका छन् । ३ वटा गीत समेटिएको फिल्ममा ‘ङला ङोल्स्यो शिरमाह्रानी’ बोलको गीत अहिले गुरुङ समुदायमा चर्चित छ ।
फिल्म नेपाल अमेरिका दुबई, अष्ट्रेलिया, मलेसिया, कोरिया र युरोपमा समेत प्रदर्शनको तयारीमा छ ।
https://www.youtube.com/watch?v=GP3P25aUyFM&feature=youtu.be
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय