
लन्डन । अल्डरसटमा नेपाली युवाहरुले लगानी गरेको ‘ट्रुथ’ नामक ककटेल बार आगामी जुन ८ देखि सर्वसाधारणका लागि खुल्ला हुने भएको छ । यसअघि मार्च २३ बाट खुल्ला हुने तयारी गरिएपनि यसको विस्तार र अन्य प्रवन्धका कारण ८ जुन देखि खुल्ला हुन लागेको सञ्चालकले जनाएका छन् । ७ जुनमा अतिथी, आफन्तजन र निकट सहयोगीमाझ एक औपचारिक समारोह गर्ने कार्यक्रम रहेको एकजना सञ्चालक दिनेश श्रेष्ठले जनाए ।
तीन युवा उद्यमी दिनेश श्रेष्ठ, दिपेश लामा र सन्दिप पौडेलको साझेदारीमा अल्डरसटको ९३ भिक्टोरिया रोडमा ‘ट्रुथ’ ककटेल बार सञ्चालनमा आउन लागेको हो ।
शुक्रबार र शनिबार डिजेसहित राती २ बजेसम्म बार खुल्ने र अरु दिन राती ११ बजे बन्द हुने सञ्चालकले बताएका छन् । शुरुमा ड्रिंक्समात्र पाइने भएपनि केही समयपछि खाना समेत उपलब्ध हुने बताइएको छ ।
अनुभवी बार टेण्डर भएका कारण ककटेलका लागि आफ्नो बार अल्डरसटमै ‘उत्कृष्ट’ हुने दावी श्रेष्ठको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित