
लन्डन । अल्डरसटमा नेपाली युवाहरुले लगानी गरेको ‘ट्रुथ’ नामक ककटेल बार आगामी जुन ८ देखि सर्वसाधारणका लागि खुल्ला हुने भएको छ । यसअघि मार्च २३ बाट खुल्ला हुने तयारी गरिएपनि यसको विस्तार र अन्य प्रवन्धका कारण ८ जुन देखि खुल्ला हुन लागेको सञ्चालकले जनाएका छन् । ७ जुनमा अतिथी, आफन्तजन र निकट सहयोगीमाझ एक औपचारिक समारोह गर्ने कार्यक्रम रहेको एकजना सञ्चालक दिनेश श्रेष्ठले जनाए ।
तीन युवा उद्यमी दिनेश श्रेष्ठ, दिपेश लामा र सन्दिप पौडेलको साझेदारीमा अल्डरसटको ९३ भिक्टोरिया रोडमा ‘ट्रुथ’ ककटेल बार सञ्चालनमा आउन लागेको हो ।
शुक्रबार र शनिबार डिजेसहित राती २ बजेसम्म बार खुल्ने र अरु दिन राती ११ बजे बन्द हुने सञ्चालकले बताएका छन् । शुरुमा ड्रिंक्समात्र पाइने भएपनि केही समयपछि खाना समेत उपलब्ध हुने बताइएको छ ।
अनुभवी बार टेण्डर भएका कारण ककटेलका लागि आफ्नो बार अल्डरसटमै ‘उत्कृष्ट’ हुने दावी श्रेष्ठको छ ।
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने