पूर्व मिस नेपाल सुगारिका गोर्खा कपमा आउने

लन्डन । पूर्व मिस नेपाल तथा सेलिब्रेटी मोडल सुगारिका केसी गोर्खा कपमा आउने भएकी छन् । उनी गोर्खा कपको मुख्य स्पोन्सर ‘आइडिया फर नेपाल’ का तर्फबाट शनिबार लण्डन उत्रन लागेको गोर्खा कप आयोजक तमुधिं युके अध्यक्ष ज्ञाम गुरूङले जानकारी दिए । 

बेलुकी एयरपोर्टमा भब्य स्वागतको तयारी गरिएको पनि गुरुङले बताए । २७ मे आइतबार दशौं हजार दर्शकको सहभागितामा अल्डरसटस्थित क्वीन्स एभिन्यू मैदानमा हुने गोर्खा कपमा सुगारिकाको उपस्थितिले युवामाझ ठूलो हौसला मिल्ने आशा आयोजकले लिएको छ ।

उता, गोर्खा कप २०१८ को मुख्य प्रायोजक आइडिया फर नेपालका सिइयो सिरोमणि दवाडी र अन्तर्राष्ट्रिय चेयरमेन सुश्री चिङ्ग चिङ्ग चे शुक्रबार बेलुका लण्डन हिथ्रो उत्रिएका छन् । 

उनीहरुलाई तमुधिं युके अध्यक्ष ज्ञाम गुरूङ, सल्लाहकार भुपेन्द्र तमु लगायतले एयरपोर्टमा स्वागत गरे । २ जुनमा नेपाल फर्कनु अघिसम्म उनीहरुको बेलायत बसाइको ब्यवस्था सल्लाहकार भुपेन्द्र तमुले गर्ने जिम्मा लिएका छन् ।

तमुधिं युकेले गोर्खा कप समापनपछि २८ मेमा तमुधि भवनमा अतिथीहरुलाई लन्च र भेटघाट कार्यक्रम राखेको छ । 

गोर्खा कपका लागि विदेशबाट खेलाडी आउने क्रम पनि सुरु भइसकेको छ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री