कानपुर, भारत – उत्तरी भारतको कानपुरमा विषाक्त रक्सी सेवनबाट कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
कानपुरको नगर र ग्रामीण क्षेत्रमा भएको यस घटनामा १२ व्यक्तिको मृत्यु भएको बताइएको छ ।
कानपुर नगरको सचेण्डीमा शनिबार छ जना र कानपुरकै रूरामा आइतबार थप छ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।
यस घटनामा अन्य केही व्यक्ति बिरामी परेका तर बिरामीहरुको यकिन संख्यामा दिइएको छैन । बिरामी सवैको स्थानीय अस्पतालमा उपचार भइरहेको बतइएको छ ।
बिरामीहरुमा केहीको अवस्था चिन्ताजनक भएकोले मृतकको संख्या बढ्नसक्ने समेत अस्पताल स्रोतले जानकारी दिएको छ ।
हालसम्म विषाक्त रक्सी बेचेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको र त्यसमध्ये विनय सिंह नामक एक व्यक्ति प्रमुख आरोपीको रुपमा रहेको पाइएको प्रहरीको भनाई छ ।
भारत सरकारले मृतकका परिवारलाई दुई लाख भारतीय रूपैयाँ दिने घोषणा गरेको छ भने बिरामीलाई उपचारको सहयोगको रुपमा ५० हजार भारतीय रूपैयाँ उपलब्ध गराइने बताएको छ ।
यस घटनाका बिरामीलाई भेट्न शनिबार कानपुरको हैलट अस्पताल पुग्नु भएका मुख्यमन्त्री दिनेश शर्माले यस अपराधिक कार्यमा दोषी पाइएकालाई कडा कारबाही गरिने बताउनु भएको छ ।
यस घटनाबारे विभिन्न स्तरमा अनुसन्धान भइरहेको प्रहरी अधिकारी अखिलेश कुमारले बताउनु भएको छ ।
रक्सी विक्रेता र स्थानीय प्रहरीबीच साठगाँठ रहेको हुनसक्ने आशङ्कामा अनुसन्धान भइरहेको पनि उहाँले जानकारी दिनु भएको छ ।
ट्रक र बस ठोक्किदा ९ जनाको मृत्यु
यसैबीच भारतको मध्यप्रदेशमा भएको सडक दुर्घटनामा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको छ ।
मध्य प्रदेशको गुना जिल्लामा ट्रक र बस एक आपसमा ठोक्किदा भएको दुर्घटनामा नौ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएका प्रहरी स्रोतले सोमबार जानकारी दिएको छ ।
मध्य प्रदेशको प्रान्तीय राजधानी भोपालबाट दुई सय किलोमिटर टाढा यो घटना भएको थियो ।
एकजना चालक, उनका सहयोगीसहित ३२ जना यात्रु सवार एक बस गुजरात राज्यतर्फ गइरहेका बेला दुर्घटनामा परेको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा