लन्डन । फोटोग्राफर मिलन तमुको ‘रोधी घरको आंगन’ भाग-२ कौरा गीतको भिडियो सार्वजनिक भएको छ । एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी र तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले गत शुक्रबार अल्डरसटस्थित एम्पायर हलमा उक्त भिडियो संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
बेलायतको नेपाली डायस्पोरामा फोटोग्राफरका रुपमा ख्याति कमाएका भूतपूर्व गोर्खा मिलन तमुको पहिलो कोसेलीको रुपमा प्रस्तुत गीतको भिडियो कास्की जिल्लाको रमणीय गाउं घाचोकमा गत महिना छायांकन गरिएको हो ।
गीतकार एवं पूर्व प्रअ एकेन्द्र गुरुङले सो गीतबारे जानकारी गराएका थिए । कार्यक्रममा ७ मिनेट लामो भिडियो समेत प्रस्तुत गरिएको थियो । गुरुङले कम्प्युटरको माउस क्लिक गरी सोही दिन देखि युट्यूवमा समेत सो भिडियो सार्वजनिक गरे ।
कार्यक्रममा भिडियो छायांकन स्थलमा पुगेका तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङ तथा प्रेमा गुरुङ, निवर्तमान अध्यक्ष सुर्जे गुरुङ (रामचन्द्र), सल्लाहकार एकेन्द्र गुरुङ, उपाध्यक्ष हितकाजी गुरुङ तथा सिता गुरुङ, गोर्खा किचनका भिम गुरुङ, तमुधिं यूकेका सल्लाहकार जुमकाजी गुरुङ, सदस्य श्रीप्रसाद गुरुङ र सह-कोषाध्यक्ष कुमार गुरुङको उपस्थिति थियो ।
कार्यक्रममा तमुधिं युकेका उपाध्यक्ष नन्दजंग गुरुङ, एनआरएनए यूकेकी उपाध्यक्ष पुनम गुरुङ, तमु प्ये ल्हु संघ यूकेका पूर्व अध्यक्ष सोम त्होर्जे तमु, इन्द्र गुरुङ, समाजसेवी नन्दकुमारी गुरुङ, पिपल मोर्गेजका सूर्यप्रकाश गुरुङ, तर्कजंग गुरुङ, गणेश गुरुङ, एबी गुरुङ, पत्रकार बाचस्पति रेग्मी, एम्पायर हलका प्रवन्ध निर्देशक पुरन गिरी, सहारा यूकेका अध्यक्ष मिन गुरुङ र उपाध्यक्ष कुमार गुरुङलगायत सहारा यूके परिवारको समेत विशेष उपस्थिति थियो ।
माउसटेल वेभ सर्भिसेज्का मान गुरुङको प्राविधिक सहयोग र गोर्खा इन्फरमेशन म्यानेजमेन्टका पूर्ण गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा गीतकार एवं फोटोग्राफर मिलन तमुले गीतको छायांकनमा सहयोग गर्ने विभिन्न महानुभावलाई धन्यवाद दिंदै मायाको चिनो स्वरुप सम्मान पत्र प्रदान गरेका थिए ।
भिडियो हेर्नुहोस्-
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने