होम अफिस आप्रवासीप्रति उदार, बैंक विवरण जांच्न स्थगित

नवनियुक्त गृहमन्त्री सजिद जाविद

लन्डन । केही वर्षयता आप्रवासीहरुप्रति कठोर बन्दै आएको होम अफिस पछिल्लो समय उदार बनेको छ । होम अफिसको ‘यू टर्न’ निर्णयमा अब बैंक अकाउन्ट जांच प्रक्रिया स्थगित भएको छ । होम अफिसले गत जनवरीदेखि आप्रवासीका करिब ७० मिलियन बैंक खाता विवरण जांच गर्न शुरु गरेको थियो । इमिग्रेसन एक्ट २०१४ अनुसार गैर कानुनी आप्रवासी नियन्त्रणका लागि त्यस्तो नीति ल्याइएको थियो । नवनियुक्त गृहमन्त्री सजिद जाविदले होम अफिसले बैंकहरुलाई पत्र पठाएर 
जांच स्थगितबारे जानकारी दिएको बताएका छन् ।

विण्डरस काण्डपछि गृहमन्त्री एम्बर रडले पदबाट राजिनामा दिएसंगै जाविद नियुक्त भएका थिए । जाविदको आगमनपछि होम अफिसले एनएचएस तथ्यांक माग्न पनि स्थगन गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री