
ब्रसेल्स, बेल्जियम, ३ जेठ – यूरोपेली आयोगले जर्मनी, फ्रान्स, संयुक्त अधिराज्य, इटाली, हङ्गेरी र रोमानियाले वायुको गुणस्तर मापदण्ड पूरा गर्न नसकेको भन्दै बिहीबार उनीहरूको मुद्दालाई अदालतमा लग्न लागिएको जनाएको छ ।
यूरोपेली संघ (इयू) को कार्यकारी निकायले यस अन्तर्गतका छ मुलुकहरूलाई वायुको गुणस्तर मापदण्ड पूरा गर्न कदम चाल्न वर्षौंदेखि चेतावनी दिँदै आएको भएपनि गत जनवरीसम्मका लागि अन्तिम मौका दिएको जनाएको छ ।
तर इयूका वातावरण मामिला आयुक्त कर्मेनु भेल्लाले ब्रसेल्समा एक पत्रकार सम्मेलनमा भन्नुभयो, ‘यूरोपमा बलियो अर्थतन्त्र भएका चार मुलुकसहितका छ राष्ट्रले दिइएको समयसिमाभित्र मापदण्ड पूरा गर्न असफल भएका छन् । अब यस मुद्दालाई उनीहरू विरुद्ध अदालतमा लगिने छ ।’
“प्रस्ताव गरिएका थप उपाय निर्धारित वायुको प्रदुषणस्तरको मापदण्ड पूरा गर्न तत्कालै प्रयाप्त नदेखिएकाले यसलाई अदालतमा पठाउने तयारी भएको छ,” भेल्लाले भन्नुभयो ।
‘हामी योभन्दा अघि पर्खेर बस्न सक्दैनौ’, उहाँले थप्नुभयो । ब्रसेल्सले उनीहरूलाई पर्खिराख्ने अवस्थालाई अन्य धेरै वर्ष पर्खने नसक्ने अर्थात मुद्दालाई अदालतमा लगिने उहाँको भनाइ थियो ।
यूरोपेली आयोगले स्पेन, चेक रिपब्लिक र स्लोभाकियालाई जनवरीमा वायुका लागि इयूले निर्धारण गरेको स्तर भेट्नेगरी काम गर्न अन्तिम मौका दिएको थियो ।
इयूले वायू प्रदुषणका कारण बार्षिक २४ अर्ब ७ करोड अमेरिकी डलर बराबरको स्वास्थ्य क्षेत्रमा खर्चिनु परेको छ तर यसलाई इयू सदस्य राष्ट्रलाई दिइएको वायु प्रदुषणस्तरलाई सुधार गर्नसकेमा घटाउन सकिने बताउँदै आएको छ । यूरोपमा हरेक चार जनामा तीन जना वायु प्रदुषणका कारण अल्पआयुमा ज्यान गुमाउने गरेका छन् ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी