लन्डन । पेशाले उनी क्वालिफाइड सिए (चार्टर्ड अकाउन्टेन्ट) हुन् । लन्डनस्थित स्टरलिङ चार्टर्ड अकाउन्टेन्ट फर्ममा सिनियर अकाउन्टेन्टका रुपमा कार्यरत टंक धमला (लियो ट्यांक) को पाइला भने कला क्षेत्रतिर तेजसंग बढेको छ । लन्डनमै बनाइएका केही म्यूजिक भिडियोमा छाएपछि उनी यस क्षेत्रमा अझ हौसिए । रहेसम्म, हे मोरी पातली, अरुसंग तिमी, मेरो मनमा बस… जस्ता गीतका म्यूजिक भिडियोमा अभिनयपछि उनी सिए भन्दा बढि मोडलका रुपमा चिनिएका छन् । अंग्रेजी फिल्म ‘डेन्जरस गेम’ (०१७) मा सानो भूमिका उनलाई ‘प्लस पोइन्ट’ भयो । उनले स्वीस एयरको विज्ञापन, विभिन्न म्यागेजिनका लागि फोटो सुट अवसर पाइसकेका छन् ।
करिब दुई महिना बलिउड बसेर हालै फर्किएका छन् लियो । इण्डियामा यात्री थिएटर ग्रुपसंग आवद्ध भएर २० दिन वर्कसप गरेपछि यसमा अझ खारिएको उनको अनुभव छ । त्यहां २६ प्रतिष्पर्धीमा ४ जनाभित्र छानिएर नाटक समेत मञ्चन गर्ने मौका उनले पाए । लाइफ स्टाइल म्यागेजिनले उनलाई स्थान दियो भने अन्य तीन एजेन्सीले निशुल्क फोटोसुट अफर गरे ।
स्कुल, कलेज पढ्दा नै नाटक, अभिनयमा रमाउंथे उनी । नेपाल छंदा एफएममा दुई वर्षजति कार्यक्रम सञ्चालनको अनुभव लिएका उनी सन् २००९ मा अध्ययनका लागि लन्डन आए । व्यस्तता बाबजुद यहां उनले कला मोह त्यागेनन् । इष्ट लन्डनको किङडम ड्रामा स्कुलमा अभिनयमा एक वर्षे डिप्लोमा उत्तिर्ण गरे ।
अकाउण्टिङ उनको प्रमुख विषय थियो । पढाइ थालेको दुई वर्षमै क्वालिफाइड सिए बनेपछि सन् २०१४ देखि टंक अकाउण्टिङ र कला क्षेत्र दुवैमा समानान्तर रुपमा अघि बढेका छन् । छोटो अवधिमा लन्डनमा कयौं म्यूजिक भिडियो र बलिउड गएर थिएटरतिर पनि काम गर्ने अवसर पाएकामा उत्साहित छन् लियो ।
२७ वर्षीय लियोले हिन्दी सिनेमाका लागि कयौं अडिसन दिइसकेको र छिट्टै केही प्रोजेक्टमा काम गर्ने योजना सुनाए ।
५ फिट ९ इन्च उचाईंका टंक फोटोजेनिक फेस र हिन्दी एवं अंग्रेजीमा दख्खल भएर पनि यस क्षेत्रमा सफलता हासिल हुने विश्वासमा छन् ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा