लण्डन । नेप्लीज डक्टर्स एसोसियसन युकेले आउँदो शनिबार, मे २६ तारिखका दिन एउटा च्यारिटी कार्यक्रम गर्न लागेको छ ।
हरेक वर्ष च्यारिटी इभेन्ट गर्दै आएको एसोसियसनले यसवर्ष नेपालमा विश्व स्वास्थ्य कार्यक्रमको सुरक्षित मातृत्व अभियानको साथै सुँडेनी मिडवाइभ्जहरुको प्रशिक्षणमा सघाउन च्यारिटी डिनर गर्न लागेको नेप्लीज डक्टर्स एसोसियसन युकेका अध्यक्ष डा. सविन जोशीले बताए ।
डा. जोशीका अनुसार संकलित रकमको केही भाग कार्यक्रमका प्रमुख अतिथिले सिफारिश गरेको कल्याणकारी संस्थालाई र केही रकम सदस्यहरुले अघि बढाएका परियोजनाहरुलाई पनि प्रदान गरिने छ ।
सो कार्यक्रम मिल्टन किन्सस्थित कर्नर स्टोन इभेन्ट्समा हुन गैरहेको छ ।
यो च्यारिटी कार्यक्रम भएकाले इच्छुक सबैजनालाई सहभागी हुन एसोसियसनले आग्रह पनि गरेको छ ।
http://ndauk.org.uk/index.php/front/newsdetail/45 मा गएर थप जानकारी पाउन सकिनेछ ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा