लण्डन, ३१ वैशाख – अमेरिकाले गहिरो विवादबीच जेरुसेलममा औपचारिक रुपमा सोमबार दूतावास स्थापना गरेको छ ।
दूतावास स्थापना समारोहमा राष्ट्रपति डोनाल्ड ट्रम्पको भिडियो सन्देश देखाइएको थियो ।
भिडियो सन्देशमार्फत् राष्ट्रपति ट्रम्पले इजरायलको टेल अभिभबाट जेरुसेलममा दूतावास सार्नु पर्नाको कारणबारे प्रष्ट पार्नु भएको छ । तर, बेलायतले भने जेरुसेलममा दूतावास सार्ने आफ्नो कुनै योजना नरहेको जानकारी दिएको छ । बेलायती प्रधानमन्त्री टेरेजा मेका प्रवक्ताले इजरायलका लागि टेल अभिभमा स्थापना गरिएको दूतावास जेरुसेलममा स्थानान्तरण गर्ने कुनै योजना नरहेको सोमबार पत्रकारहरूसँग बताए ।
प्यालेस्टिनीको चर्को विरोध र प्रदर्शनकाबीच अमेरिकाले जेरुसेलममा दूतावास स्थापना गरेपनि बेलायतले नगर्ने भएको हो ।
प्रधानमन्त्रीका प्रवक्ताले भने, “राज्यको अन्तिम सहमति अघि नै जेरुसेलमलाई इजरायलको राजधानी मान्ने अमेरिकाको निर्णयमा प्रधानमन्त्रीले गत डिसेम्बरमै असहमति जनाउनुभएको थियो ।”
सोमबार गाजा क्षेत्रमा प्यालेष्टिनी नागरिकको प्रदर्शनका क्रममा इजरायलसँगको भडपमा परी कम्तीमा ४१ प्यालेष्टिनीको मृत्यु भएपछि थप क्षति हुन नदिन संयमता अपनाउन यूरोपेली यूनियनका विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीले इजरायल तथा प्यालेष्टिनी पक्षसँग आग्रह गर्नुभएको छ ।
इजरायलले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार र समानताको आधारमा सुरक्षा बलको प्रयोग गर्ने सिद्धान्तको सम्मान गर्नुपर्ने र हमास र गाजा क्षेत्रमा प्रदर्शनमा सरीक अन्य प्यालेष्टिनी पक्षले पनि आफू गैर हिसात्मक बन्दै प्रदर्शनलाई शान्तिपूर्ण बनाउनु आवश्यक भएको इयूका उच्च कूटनीतिज्ञले सोमबार एक विज्ञप्ति जारी गरी बताउनुभएको छ ।
इजरायल र प्यालेष्टिनीहरूबीच अत्यधिक तनावमा देखिँदै आएको गाजा तथा पूर्वी जेरूसेलममा सम्बन्धित पक्षले संयम नअपनाउने हो भने यसबाट बर्णन गर्न नसकिने प्रकारको थप पीडा भोग्न बाध्य हुने र यसले शान्ति र सुरक्षाको स्थिति थप जटील मोडमा जाने विज्ञप्तिमा मोघेरिनीले बताउनुभएको छ ।
प्राप्त पछिल्लो जानकारी अनुसार सोमबार भएको प्रदर्शनमा ४१ जना प्यालेष्टिनीले गाजा र इजरायलको सीमा क्षेत्रमा ज्यान गुमाएका छन् भने झण्डै एक हजार ७०० जना घाइते बनेका छन् ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक