लन्डन । बेलायतस्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेको २३ औं साधारण सभाले कोमल श्रेष्ठ मल्लको अध्यक्षतामा १३ सदस्यीय ११ औं कार्यसमिति निर्वाचित गरेको छ ।
नव निर्वाचित अन्य पदाधिकारीहरुमा वरिष्ठ सहअध्यक्षमा ध्रुव केसी, सहअध्यक्षहरुमा डा. गोपाल पौड्याल,गोकुल भण्डारी, रेशम अर्याल छन् भने उपाध्यक्षहरुमा वाचस्पति रेग्मी, डा. सुधा श्रेष्ठ, वसन्त रायक्षेत्री चयन भएका छन् । त्यसैगरी महासचिवमा वीरेन्द्र कुंवर र कोषाध्यक्षमा मनोज अन्जान चयन भए भने कार्यकारिणी सदस्यहरुमा हरि केसी, डम्बर सिंह र कल्पना आङबुहाङ छन् ।
त्यसैगरी परिषदको अधिकार सम्पन्न ९ सदस्यीय सल्लाहकार समितिको वरिष्ठ सल्लाहकारमा डा. राघव प्रसाद धिताल (ओबिइ) र सल्लाहकारहरूमा परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजंग शाह, पूर्व अध्यक्षहरू हरिसिंह थापा र खगेन्द्र नेपाली, मदन थापा, घन बहादुर थापा मगर, कृष्ण भट्ट, सोलिसिटर राजु थापा र कमल भण्डारी चयन भएका छन् भने बेलायतका लागि नेपाली राजदूत पदेन संरक्षक रहने वैधानिक व्यवस्था छ ।
यस अघि ३० अप्रिलबाट थालनी भएको निर्वाचन प्रक्रियामा निर्विरोध उम्मेदवारी परेको जानकारी दिंदै निर्वाचन समितिका प्रमुख कृष्ण भट्टले निर्विरोध निर्वाचित पदाधिकारीहरुको नाम साधारण सभामा घोषणा गरेका थिए ।
परिषदको साधारण सभालाई सम्वोधन तथा निर्वाचित पदाधिकारीहरूलाई वधाई ज्ञापन गर्दै परिषदका पदेन संरक्षक महामहिम राजदूत वरिष्ठ साहित्यकार डा. दुर्गा बहादुर सुवेदीले बेलायतमा नेपाली साहित्यको इतिहास बोकेको नेपाली साहित्य विकास परिषदले उदाहरणीय कार्य गरिरहेको आफूले पाएको र नव निर्वाचित कार्यसमितिले अझ बढाएर लैजाने विश्वास व्यक्त गरे ।
शुभकामना मन्तव्य दिने अन्य वक्ताहरूमा परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेश जंग शाह, पूर्व अध्यक्षद्वय हरिसिंह थापा, खगेन्द्र नेपाली र सल्लाहकार तथा कोशेली संस्थापक अध्यक्ष मदन थापा थिए भने नवनिर्वाचित अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल र प्रमुख निर्वाचन अधिकृत कृष्ण भट्टले सम्वोधन गर्दै सहभागिता र सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष वाचस्पति रेग्मीले दिएका थिए । यसअघि प्रथम चरणको सभामा महासचिव डा. सुधा श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षको तर्फबाट वरिष्ठ सहअध्यक्ष कोमल श्रेष्ठ मल्लले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमाथि आवश्यक छलफलपछि पारित गरिएको थियो ।
सभामा प्रमुख अतिथि परिषदका संरक्षक महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदीबाट कवि साहित्यकार हरिसिंह थापाको ‘लन्डनदेखि चार धामसम्म’ यात्रा संस्मरण पुस्तकको लोकार्पण गर्नुका साथै हरिसिंह थापालाई ‘नम्रताको कार्डिगन’ कथासंग्रहका लागि प्रदान गरिएको एनएलडिसी साहित्य पुरस्कार पदकबाट पनि सुशोभन गरे ।
दुई चरणमा सञ्चालित उक्त साधारण सभामा प्रथम चरणको सभापतित्व परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेश जंग शाह र कार्यक्रम सञ्चालन महासचिव डा. सुधा श्रेष्ठले गरेकी थिइन् भने दोस्रो चरणको अध्यक्षता प्रमुख निर्वाचन अधिकृत कृष्ण भट्ट र कार्यक्रम सञ्चालन नव निर्वाचित महासचिव वीरेन्द्र कुंवरले गरेका थिए ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय