लन्डन । ब्रिटेनमा एकजना भूतपूर्व गोर्खा सैनिक नारायण गुरुङको मृत्युबारे छानवीन गरिरहेको एक समितिले उनको निधनका लागि एउटा प्रमुख कार निर्माता कम्पनी बिएमडब्लुलाई दोष लगाएको छ ।
गुरुङको सन् २०१६ को क्रिसमसका दिन बिहान रोयल सरी काउन्टी हस्पिटलमा काममा जांदै गर्दा सवारी दुर्घटनामा निधन भएको थियो ।
बिहान साढे ६ बजेतिर सडकमै रोकि राखिएको बिएमडब्लु कारलाई जोगाउन खोज्दा गुरुङले चलाइरहेको गाडी सडकबाट उछिटिएर एउटा रुखमा ठोक्किन पुगेको थियो । उक्त दुर्घटनामा चार सन्तानका पिता नारायण गुरुङको निधन भयो भने उनीसंगै यात्रा गरिरहेकी उनकी श्रीमति गम्भीर घाइते भइन् ।
स्वर्गीय गुरुङका परिवारले सरी कोरोनर्स कोर्टमा भएको सुनुवाइमा बिएमडब्लु मोटरमा सुरक्षा सम्बन्धि त्रुटीका कारण सो गाडी बाटोमै बिग्रिएको र त्यसबाट जोगाउन खोज्दा गुरुङको ज्यान गएको दावी गरेका थिए ।
बिग्रिएको बिएमडब्लु मोटर रेशम गुरुङले चलाइरहेका थिए । उनी नारायण गुरुङका नातेदार भने होइनन् । उनले यसअघि दुई पटक आफ्नो मोटर स्टार्ट नभएको ‘एए’ भनिने कम्पनीलाई जानकारी गराएका थिए ।
यसअघि सन् २०१३ मा त्यस्तै समस्या देखिएपछि बिएमडब्लु ले अमेरिका, क्यानडा, अफ्रिका र अष्ट्रेलिया जस्ता मुलुकहरुबाट लाखौं मोटर फिर्ता बोलाएको थियो ।
ब्रिटिश सुनुवाइकर्ताले उक्त घट्नाको झण्डै तीन वर्षपछि पनि ब्रिटेनमा चल्ने मोटरमा त्यस्तै समस्या देखिएको भनि बिएमडब्लु कम्पनीको आलोचना गरेका थिए ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय