लन्डन । ब्रिटेनमा एकजना भूतपूर्व गोर्खा सैनिक नारायण गुरुङको मृत्युबारे छानवीन गरिरहेको एक समितिले उनको निधनका लागि एउटा प्रमुख कार निर्माता कम्पनी बिएमडब्लुलाई दोष लगाएको छ ।
गुरुङको सन् २०१६ को क्रिसमसका दिन बिहान रोयल सरी काउन्टी हस्पिटलमा काममा जांदै गर्दा सवारी दुर्घटनामा निधन भएको थियो ।
बिहान साढे ६ बजेतिर सडकमै रोकि राखिएको बिएमडब्लु कारलाई जोगाउन खोज्दा गुरुङले चलाइरहेको गाडी सडकबाट उछिटिएर एउटा रुखमा ठोक्किन पुगेको थियो । उक्त दुर्घटनामा चार सन्तानका पिता नारायण गुरुङको निधन भयो भने उनीसंगै यात्रा गरिरहेकी उनकी श्रीमति गम्भीर घाइते भइन् ।
स्वर्गीय गुरुङका परिवारले सरी कोरोनर्स कोर्टमा भएको सुनुवाइमा बिएमडब्लु मोटरमा सुरक्षा सम्बन्धि त्रुटीका कारण सो गाडी बाटोमै बिग्रिएको र त्यसबाट जोगाउन खोज्दा गुरुङको ज्यान गएको दावी गरेका थिए ।
बिग्रिएको बिएमडब्लु मोटर रेशम गुरुङले चलाइरहेका थिए । उनी नारायण गुरुङका नातेदार भने होइनन् । उनले यसअघि दुई पटक आफ्नो मोटर स्टार्ट नभएको ‘एए’ भनिने कम्पनीलाई जानकारी गराएका थिए ।
यसअघि सन् २०१३ मा त्यस्तै समस्या देखिएपछि बिएमडब्लु ले अमेरिका, क्यानडा, अफ्रिका र अष्ट्रेलिया जस्ता मुलुकहरुबाट लाखौं मोटर फिर्ता बोलाएको थियो ।
ब्रिटिश सुनुवाइकर्ताले उक्त घट्नाको झण्डै तीन वर्षपछि पनि ब्रिटेनमा चल्ने मोटरमा त्यस्तै समस्या देखिएको भनि बिएमडब्लु कम्पनीको आलोचना गरेका थिए ।
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]