लन्डन । बेलायतमा नेपालीको सबैभन्दा वृहत फुटबल प्रतियोगिता गोर्खा कप यसपटक अझ व्यापक बनाउन आयोजक तमुधिं यूके जुटेको छ ।
२७ मे आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्टस मैदानमा हुन गइरहेको १६ औं गोर्खा कपमा नन भेट्रान (मेन) पुरस्कार राशी बढाएर यो वर्ष २५ सय पाउण्ड पुरयाइएको छ । नन भेट्रान र भेट्रान दुवै क्याटेगोरिजमा पुरस्कार राशी आकर्षक बनाइएको हो । नन भेट्रानतर्फ रनरअपले १५०० पाउण्ड, भेट्रानतर्फ पहिलो विजेता टिमले १२०० पाउण्ड र सेकेन्डले ८०० पाउण्ड पाउने तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले जानकारी दिए ।
खेल अझ व्यापक बनाउन र खेलाडीको मनोबल बढाउन पुरस्कार राशी वृद्धि गरिएको जनाउंदै अध्यक्ष गुरुङले गोर्खा कपमा अन्य आकर्षण जस्तै ब्रिगेड व्याण्ड डिस्प्ले, प्यारासुट डिस्प्ले, पञ्चे बाजा, पाइपर, कल्चरल डान्स, खुकुरी डान्स, खानाका स्टल, हस्तकला सामाग्री, कमर्सियल र च्यारिटी स्टल आदि हुने बताए ।
तमुधिं यूकेले अहिले टिम दर्ताका लागि आव्हान गरिरहेको छ । प्रति टिम दर्ता शुल्क २५० पाउण्ड लाग्ने र टिम ‘इन्ट्री’ २० मेसम्म खुल्ला रहेको संस्थाले जनाएको छ । म्याच ड्र र टिम घोषणा २० मेमा पत्रकार सम्मेलनमार्फत गर्ने कार्यक्रम छ ।
विशिष्ट अतिथीसहित हजारौं नेपाली तथा ब्रिटिशहरु सहभागी हुने गोर्खा कपको संयोजन क्याप्टेन पिताम्बर गुरुङले गरेका छन् ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा