लन्डन । बेलायतमा नेपालीको सबैभन्दा वृहत फुटबल प्रतियोगिता गोर्खा कप यसपटक अझ व्यापक बनाउन आयोजक तमुधिं यूके जुटेको छ ।
२७ मे आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्टस मैदानमा हुन गइरहेको १६ औं गोर्खा कपमा नन भेट्रान (मेन) पुरस्कार राशी बढाएर यो वर्ष २५ सय पाउण्ड पुरयाइएको छ । नन भेट्रान र भेट्रान दुवै क्याटेगोरिजमा पुरस्कार राशी आकर्षक बनाइएको हो । नन भेट्रानतर्फ रनरअपले १५०० पाउण्ड, भेट्रानतर्फ पहिलो विजेता टिमले १२०० पाउण्ड र सेकेन्डले ८०० पाउण्ड पाउने तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले जानकारी दिए ।
खेल अझ व्यापक बनाउन र खेलाडीको मनोबल बढाउन पुरस्कार राशी वृद्धि गरिएको जनाउंदै अध्यक्ष गुरुङले गोर्खा कपमा अन्य आकर्षण जस्तै ब्रिगेड व्याण्ड डिस्प्ले, प्यारासुट डिस्प्ले, पञ्चे बाजा, पाइपर, कल्चरल डान्स, खुकुरी डान्स, खानाका स्टल, हस्तकला सामाग्री, कमर्सियल र च्यारिटी स्टल आदि हुने बताए ।
तमुधिं यूकेले अहिले टिम दर्ताका लागि आव्हान गरिरहेको छ । प्रति टिम दर्ता शुल्क २५० पाउण्ड लाग्ने र टिम ‘इन्ट्री’ २० मेसम्म खुल्ला रहेको संस्थाले जनाएको छ । म्याच ड्र र टिम घोषणा २० मेमा पत्रकार सम्मेलनमार्फत गर्ने कार्यक्रम छ ।
विशिष्ट अतिथीसहित हजारौं नेपाली तथा ब्रिटिशहरु सहभागी हुने गोर्खा कपको संयोजन क्याप्टेन पिताम्बर गुरुङले गरेका छन् ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक