लन्डन । नेप्लिज युथ यूकेको दोश्रो अधिवेशनले धिरज राईको अध्यक्षतामा नयां नेतृत्व चयन गरेको छ ।
गैर आवासीय नेपाली संघ यूकेका उपाध्यक्ष प्रेमगाहा मगरको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले अध्यक्षमा धिरज राई र उपाध्यक्षमा केशव गुरुङ एवं कुमार थापा (ब्रुस) लाई निर्विरोध निर्वाचित गरेको हो । नयां नेतृत्व चयनपछि पूर्व अध्यक्ष रिचर्ड गुरुङले नयां कार्यसमितिलाई वधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
नव निर्वाचित अध्यक्ष राईले प्रतिवद्धता मन्तव्यका क्रममा युवाहरुसंग सहकार्य गरि समाजका विविध क्षेत्रमा काम गर्ने, युवाहरुमा भएको क्षमता, ज्ञान र सीपको सही सदुपयोग गर्दै एक आपसमा सहयोगी भावनाकासाथ अगाडि बढ्ने प्रण गरे । उनले नेपाली तथा स्थानीय संघसंस्थाहरुसंग सहकार्य गर्दै युवाहरुको क्षमता अभिवृद्धि गर्न पहल गरिने समेत बताए ।
कतिपयले युवा पुस्तालाई नकारात्मक दृष्टिकोणबाट हेर्ने गरेको असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष राईले समाज विकासमा समुदायले युवा परिचालन गर्न आवश्यक रहेको औंल्याए ।
उक्त कार्यक्रममा अफगानिस्तानमा दुबै खुट्टा गुमाएका पूर्व गोर्खा सैनिक हरि बुढा मगर र विनोद बुढाथोकीलाई युवाहरुले सम्मान गरेका थिए । दुवै खुट्टाको घुंडामाथि गुमाएका हरि बुढा मगर मेरापिक जस्तो अग्लो हिमाल चढ्ने संसारकै पहिलो साहसिक विश्व कीर्तिमानधारी युवा हुन् । उनी आगामी वर्ष संसारकै अग्लो शिखर सगरमाथा आरोहणको तयारीमा छन् ।
हरि बुढामगरले देखाएको साहसले संसारमै सम्पूर्ण नेपालीलाई गौरव गर्ने अवसर मिलेको र यसले नेपाल राष्ट्रको नाम संसारमा उंचो भएको भन्दै युवाहरुले बुढामगर नेपाली युवामात्र होइन, संसारकै अपांगताका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गरेका थिए । बुढामगर राष्ट्रकै एक सच्चा हिरो भएकाले उनलाई हौसला र समर्थन प्रदान गर्न सम्मान गरिएको युवाहरुले बताए ।
सोही अवसरमा बुढामगरले आफ्नो जिन्दगीको प्रेरणादायी तीता मिठा अनुभव र भविष्यमा गर्ने कार्ययोजनाबारे युवाहरुलाई अवगत गराए । बुढामगरको प्रेरणादायी मन्तव्यले युवाहरु एकदमै भावुक देखिएका थिए भने बेला बेला गडगडाहट तालीले हलको रौनक नै पृथक बनेको थियो ।
त्यसैगरि विनोद बुढाथोकीले पनि जीवनमा महत्वपूर्ण प्रेरणादायी काम गरिरहेका छन् । सन् २०१६ प्यारा ओलम्पिकमा सुटिङ टिम पर्सनल इन्सपिरेसन प्रोग्राममा छनोट भइ काम गरिसकेका बुढाथोकी ब्रिटिस एयर गन ओपन च्याम्पियनसीप २०१७ मा सेकेन्ड रनरअप र सन् २०१८ को फष्ट रनरअप विजेता हुन् ।
कार्यक्रममा प्रमुख अतिथी गैर आवसीय नेपाली संघका उपाध्यक्ष प्रेम गाहा मगरले हरि बुढामगरको सगरमाथा आरोहण सफलताको शुभकामना दिंदै नव निर्वाचित कार्यसमितिलाई वधाइ तथा कार्यकालको शुभकामना दिए । उनले एनआरएनए यूकेले आगामी सेप्टेम्बरमा युवाहरुसंगको सहकार्यमा आयोजना गर्न गइरहेको ‘अपाङ सहयोग सांझ’ (डिसएबिलिटी एड इभिनिङ) कार्यक्रमबारे जानकारी गराउंदै रेडिङका कार्यक्रम आयोजक युवाहरुलाई धन्यवाद दिए ।
नव निर्वाचित अध्यक्ष धिरज राईले पनि कार्यक्रम संयोजक केशव गुरुङ लगायत आयोजक युवालाई धन्यवाद दिए । उनले हरिबुढा मगर र बिनोद बुढाथोकीले साहसिक काम गरि समाजमा पुरयाएको प्रेरणादायी भूमिका र योगदानप्रति आभार प्रकट गर्दै शुभकामना दिएका थिए ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा