लन्डन । बेक्स्ली नेपाली समाज यूकेमा नयां नेतृत्व चयन भएको छ । मे ६ ,२०१८ मा फाल्कोनवुड कम्युनिटी सेन्टरमा सम्पन्न साधारणसभाले विजय गुरुङको अक्ष्यक्षतामा १७ सदस्यीय नयां नेतृत्व चयन गरेको हो ।
निर्वाचन संयोजक दिपक गौतमले निर्वाचन घोषणा गर्दै अध्यक्षमा विजय गुरुङ, तीनजना उपाध्यक्षहरुमा श्रीमति उमा गुरुङ, श्रीप्रसाद गुरुङ र श्रीमती बिन्दु गुरुङ, महासचिवमा हरिश ज्ञवाली, सचिव केदार थपलिया, कोषाध्यक्ष सन्जिव सुवेदी र सहकोषाध्यक्ष कमल गुरुङ चयन भएको जानकारी दिए ।
त्यसैगरि सदस्यहरुमा श्रीमती विमला शर्मा (धरेल), श्रीमति सुष्मा ढुंगाना, श्रीमति एलिना श्रेष्ठ, टेक बहादुर थापा, दीपेन्द्र सिटौला, हिमाल गुरुङ, होमनाथ ज्ञवाली, पंकज पौडेल र प्रकाश गुरुङ सहित १७ जना सबै निर्विरोध निर्वाचित भएको जानकारी गराएका थिए ।
करिव ८० सदस्य उपस्थित उक्त सभामा पहिलो सत्रको अध्यक्षता समाजका अध्यक्ष केशबहादुर गुरुङले गरेका थिए । सभामा स्वागत भाषण उपाध्यक्ष शिवराम गुरुङ र कार्यक्रम सञ्चालन महासचिव आनन्द धरेलले गरेका थिए ।
पहिलो सत्रमा विधान संयोजक दिपक गौतमले पेश गरेको विधान, वार्षिक कार्यक्रम र कोषाध्यक्ष चन्द्रवीर गुरुङले पेस गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
महासचिव आनन्द धरेलको प्रतिवेदन पारित गरेर अध्यक्ष केशबहादुर गुरुङले आफ्नो मन्तब्य दिंदै पहिलो सत्र समापन गरेका थिए ।
पहिलो सत्रमा १७० जना आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गरियो ।
दोश्रो सत्रको कार्यक्रम निर्वाचन संयोजक दिपक गौतम र सदस्यद्वय रोशन गुरुङ र बजिन्द्र मल्लले सञ्चालन गरेका थिए ।
संस्थाको तर्फबाट अध्यक्ष केशबहादुर गुरुङ र महासचिव आनन्द धरेलले निर्वाचित सम्पूर्ण सदस्यलाई खादा लगाएर वधाई दिए भने सम्पूर्ण सदस्यहरुको तर्फबाट श्रीमती पार्वती गुरुङले पुरानो कार्यसमितिलाई खादा लगाएर सफल कार्यकालका लागि वधाई तथा शुभकामना दिएकी थिइन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]