लन्डन । बेक्स्ली नेपाली समाज यूकेमा नयां नेतृत्व चयन भएको छ । मे ६ ,२०१८ मा फाल्कोनवुड कम्युनिटी सेन्टरमा सम्पन्न साधारणसभाले विजय गुरुङको अक्ष्यक्षतामा १७ सदस्यीय नयां नेतृत्व चयन गरेको हो ।
निर्वाचन संयोजक दिपक गौतमले निर्वाचन घोषणा गर्दै अध्यक्षमा विजय गुरुङ, तीनजना उपाध्यक्षहरुमा श्रीमति उमा गुरुङ, श्रीप्रसाद गुरुङ र श्रीमती बिन्दु गुरुङ, महासचिवमा हरिश ज्ञवाली, सचिव केदार थपलिया, कोषाध्यक्ष सन्जिव सुवेदी र सहकोषाध्यक्ष कमल गुरुङ चयन भएको जानकारी दिए ।
त्यसैगरि सदस्यहरुमा श्रीमती विमला शर्मा (धरेल), श्रीमति सुष्मा ढुंगाना, श्रीमति एलिना श्रेष्ठ, टेक बहादुर थापा, दीपेन्द्र सिटौला, हिमाल गुरुङ, होमनाथ ज्ञवाली, पंकज पौडेल र प्रकाश गुरुङ सहित १७ जना सबै निर्विरोध निर्वाचित भएको जानकारी गराएका थिए ।
करिव ८० सदस्य उपस्थित उक्त सभामा पहिलो सत्रको अध्यक्षता समाजका अध्यक्ष केशबहादुर गुरुङले गरेका थिए । सभामा स्वागत भाषण उपाध्यक्ष शिवराम गुरुङ र कार्यक्रम सञ्चालन महासचिव आनन्द धरेलले गरेका थिए ।
पहिलो सत्रमा विधान संयोजक दिपक गौतमले पेश गरेको विधान, वार्षिक कार्यक्रम र कोषाध्यक्ष चन्द्रवीर गुरुङले पेस गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
महासचिव आनन्द धरेलको प्रतिवेदन पारित गरेर अध्यक्ष केशबहादुर गुरुङले आफ्नो मन्तब्य दिंदै पहिलो सत्र समापन गरेका थिए ।
पहिलो सत्रमा १७० जना आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गरियो ।
दोश्रो सत्रको कार्यक्रम निर्वाचन संयोजक दिपक गौतम र सदस्यद्वय रोशन गुरुङ र बजिन्द्र मल्लले सञ्चालन गरेका थिए ।
संस्थाको तर्फबाट अध्यक्ष केशबहादुर गुरुङ र महासचिव आनन्द धरेलले निर्वाचित सम्पूर्ण सदस्यलाई खादा लगाएर वधाई दिए भने सम्पूर्ण सदस्यहरुको तर्फबाट श्रीमती पार्वती गुरुङले पुरानो कार्यसमितिलाई खादा लगाएर सफल कार्यकालका लागि वधाई तथा शुभकामना दिएकी थिइन् ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा