![]()
लन्डन । संयुक्त अधिराज्य सरकारका एसिया तथा प्रशान्त मामिला हेर्ने विदेश राज्यमन्त्री सम्माननीय मार्क फिल्ड नेपाल प्रस्थान गरेका छन् । यही मे ६ र ७, २०१८ मा नेपालको औपचारिक भ्रमण गर्ने कार्यक्रम अनुसार राज्यमन्त्री फिल्ड शनिबार नेपाल प्रस्थान गरेका हुन् ।
नेपालमा तीन तहको निर्वाचन सम्पन्न भई नयाँ संसद र संघीय सरकार गठन भएपछिको संयुक्त अधिराज्य सरकारको उच्च तहमा हुन लागेको यो पहिलो भ्रमण हो ।
विदेश राज्यमन्त्री फिल्डको यो भ्रमणलाई संयुक्त अधिराज्य सरकारले नेपालको संविधानको कार्यान्वयन, लोकतान्त्रिक प्रक्रिया एवं नवनिर्वाचित सरकारको स्वागतका साथै नेपालको विकास प्रयासमा सहकार्य गर्ने प्रतिवद्धताका रुपमा लिएको छ ।
संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम डा. दुर्गाबहादुर सुवेदीले मे ३ विहिबार अपरान्ह विदेश राज्यमन्त्री फिल्डसँग शिष्टाचार भेट गरी उनको आसन्न भ्रमणको तयारीबारे जानकारी गराउनुका साथै नेपालको संविधानको कार्यान्वयन स्वरुप स्थानीय, प्रादेशिक र संघीय संसदको निर्वाचन सम्पन्न भई तीनै तहमा निर्वाचित सरकार गठन भई कार्य सुचारु भइसकेको बताए ।
राजदूत डा. सुवेदीले नवनिर्वाचित सरकारले आर्थिक विकास र समृद्धिलाई राष्ट्रिय एजेण्डाका रुपमा अंगीकार गरेको वर्तमान परिप्रेक्ष्यमा दुई सय वर्ष भन्दा लामो घनिष्ट र ऐतिहासिक सम्बन्ध थप प्रगाढ बनाउन र पर्यटन, व्यापार र लगानीका क्षेत्रमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे ।
राज्यमन्त्रीले नेपालको शान्ति प्रक्रिया र लोकतान्त्रिक विकासमा योगदान गरेको संयुक्त अधिराज्यले संविधानको सफल कार्यान्वयनको सराहना गरेको र जननिर्वाचित सरकारले घोषणा गरेको आर्थिक विकासको लक्ष्यमा सहकार्य गर्न संयुक्त अधिराज्य सरकार तत्पर रहेको बताउंदै आफ्नो यो भ्रमण दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ गर्न र पर्यटन, शिक्षा, व्यापार र लगानीका नयाँ क्षेत्रहरु पहिचान गर्न सहायकसिद्ध हुने विचार व्यक्त गरेका थिए ।
राज्यमन्त्री फिल्डले नेपाल रहँदा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । उनले नेपालको उद्योग, वाणिज्य तथा व्यापारसंग सम्वद्ध पदाधिकारीहरुसंग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक