लन्डन । चाल्टन नेपाली समाज यूकेले मे ६ तारिख आइतबार नयां वर्ष शुभकामना सांझ गर्ने भएको छ ।
चाल्टनस्थित मेरिडियन स्पोर्टस क्लबमा हुने उक्त कार्यक्रममा नेपालका स्थापित लोकदोहोरी गायक गायिका विमलराज क्षेत्री, रमेशराज भट्टराई र चन्द्रा कार्की मुख्य आकर्षण रहनेछन् । सांझ ६ देखि राती ११ बजेसम्म सांगीतिक कार्यक्रम हुने र सो को तयारी भइरहेको समाजले जनाएको छ ।
समाजका अध्यक्ष टंक कंडेलले उक्त कार्यक्रममा सहभागी भएर शुभकामना आदानप्रदान गर्न, मनोरन्जन लिन एवं कलाकारहरुसंग प्रत्यक्ष साक्षात्कार गर्न सबैमा आव्हान गरेका छन् ।
कार्यक्रममा सहभागीबीच राफल ड्र पनि गराइने छ । राफल ड्रको पहिलो पुरस्कार प्लमस्टिडस्थित बर्मा ज्वेलर्स र दोस्रो पुरस्कार पानस रेष्टुरेन्टले प्रायोजन गरेका छन् । टिकट सौजन्य प्रेम गैरेको छ ।
कार्यक्रममा एडल्टका लागि प्रवेश शुल्क १२ पाउण्ड तोकिएको छ भने बालबालिकाका लागि ७ पाउण्ड र ५ वर्ष मुनिकालाई निशुल्क प्रवेश दिइने आयोजकले बताएका छन् ।
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ