लन्डन । बुद्धिष्ट गुम्बा रेडिङ यूकेले २५६२ औं बुद्ध जयन्तीको उपलक्ष्यमा आइतबार पूजापाठ, प्रवचन तथा खाता वितरण कार्यक्रम गरेको छ ।
रेडिङस्थित लिजर सेन्टरमा आयोजित कार्यक्रममा रेडिङमा बुद्धिष्ट गुम्बा निर्माण सहयोगार्थ एकलाख ४० हजार पाउण्डको प्रतिवद्धता आएको बुद्धिष्ट गुम्बा रेडिङ यूकेका महासचिव कमल गुरुङले जानकारी दिए । कार्यक्रममा ४५ हजार पाउण्ड संकलन भइसकेको गुरुङले बताए ।
बिभिन्न भक्तजनबाट खाना स्वरुप तीनहजार पाउण्ड दान र गुम्बा बनाउन विभिन्न दाताबाट एक लाख ४० हजार पाउण्ड प्रतिवद्धता आएको हो । धर्मगुरुद्वयमध्ये गुप्तबहादुर गुरुङले तीनसय तथा रक्षबहादुर गुरुङले डेढ सय पाउण्ड बुद्धिष्ट गुम्बा रेडिङ यूकेका लागि प्रदान गरेका थिए ।
बुद्ध जयन्तीमा धर्म गुरुहरु गुप्तबहादुर गुरुङ तथा जनता गुरुङले पूजापाठ तथा बुद्धबारे प्रवचन दिएका थिए । उक्त कार्यक्रमलाई रेडिङ आमा समूहले विशेष सहयोग गरेको थियो । छोटो समयको तयारी वावजुद पनि कार्यक्रम सफल भएको महासचिव कमल गुरुङले बताए ।
श्रीमती यशोदा गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा पूजापाठको तयारी गर्न नरबहादुर गुरुङ, बुद्धिष्ट गुम्बा रेडिङ यूके परिवार तथा अन्य व्यक्तिले योगदान गरेका थिए ।

बुद्धिष्ट गुम्बा रेडिङ यूके अध्यक्ष भूपू इन्सपेक्टर खेमबहादुर गुरुङले दाता र अन्य सहयोगी सबैप्रति आभार व्यक्त गरेका छन् ।
अध्यक्ष गुरुङले धर्म गुरुहरु, पूजापाठमा संलग्न भक्तजन, खाजा व्यवस्था गर्ने आमा समूह, म्हनेपा रेडिङ, साउण्ड सिस्टम र कार्यक्रमको सम्पूर्ण व्यवस्थापन गर्ने टिमलाई धन्यवाद दिए ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा