सोल, १७ वैशाख – दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्धको प्रचार संयन्त्र हटाउने भएको छ ।
सो कुराको जानकारी दक्षिण कोरियाको रक्षा मन्त्रालयले सोमबार दिएको छ । दक्षिण कोरियाले विगत लामो समयदेखि सीमा क्षेत्रमा रहेको रक्षा मन्त्रालयअन्तर्गतको उक्त प्रचार सामग्री र समूह हटाउने भएको हो ।
गत शुक्रबार उत्तर र दक्षिण कोरियाबीच शान्ति सम्झौता भएको छ । सो सम्झौताअनुसार यी दुई देशले युद्ध अन्त्यको घोषणा गरी एक अर्का विरुद्ध प्रचारप्रसारको काम पनि नगर्ने जनाएका थिए ।
सोही सम्झौताको पालना गर्दै दक्षिण कोरियाले उत्तरको सीमामा राखिएको उक्त प्रचार संयन्त्र हटाउने जनाएको हो । आगामी मे १ देखि नै सीमा क्षेत्रमा उक्त संयन्त्र सीमा क्षेत्रमा नराखिने जानकारी दक्षिण कोरियाको रक्षा मन्त्रालयले दिएको छ ।
शुक्रबारको उक्त पानमुनजोम सम्झौताको पालना गर्ने पहिलो पहलस्वरुप सो संयन्त्र हटाउने निर्णय गरिएको दक्षिण कोरियाले जनाएको छ ।
गत शुक्रबार सम्पन्न दुई कोरियाली उच्च नेताहरूको भेटवार्ता र सम्झौताले कोरियाली प्रायद्वीपमा शान्तिको पहल गर्ने बताइएको छ ।
उत्तर कोरियाले गत वर्षको सेप्टेम्बर ३ मा छैटौं तथा त्यस समयसम्मको सबैभन्दा ठूलो आणविक परीक्षण गरेको थियो । त्यस क्षेप्यास्त्र परीक्षणले कोरियाली प्रायद्वीप हुँदै संसारमै ठूलो हलचल ल्याइदिएको थियो ।
त्यसयता भएका शान्तिका पहलहरुले सार्थकता पाउँदै गएको देखिएको छ । कोरियाली प्रायद्वीपमा सन् १९५३ पछि कोरियाली जनता त्रास र अन्योलमा बाँच्न बाध्य छन् ।
कोरियाली युद्धका कारण छुट्टिएका परिवारबीच अझै पुनर्मिलन हुन नसकेको अवस्थामा दुई कोरियाबीचको यो पछिल्लो वार्ताले धेरैमा आशा थपेको बताइन्छ ।
उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरमा भएको वार्ता, सहमति र यी दुई देशबीच भएको युद्ध अन्त्यको घोषणासँगै कोरियाली प्रायद्वीपमा शान्ति र वार्ताका लागि ठूलो प्रगति भएको बताइएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले आगामी दिनमा अणु अस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएबाट पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा ठूलो परिवर्तन आएको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश